प्रधानमन्त्री बन्ने मोहमा फसेका गौतम
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार १८:४०:४२
१८ पुष, काठमाडौं । पूर्वएमालेका शीर्ष नेताहरु राजकीय पदको सर्वाेच्च स्थानमा लगभग सबै पुगिसके । अहिले पूर्वमाओवादीसँग एकता गरेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा शीर्ष स्थानमा रही कृयाशील एकजना नेता वामदेव गौतम मात्र मुलुकको कार्यकारी प्रमुख बन्न नपाउने अभागीमा परेका छन् ।
उनको त्यो चाहना संसद्को यही कार्यकालमा पूरा हुन सक्थ्यो, तर उनी गत निर्वाचनमा बर्दियाबाट पराजित हुनुपर्यो । पार्टी भित्रकै अन्तर्घातले पराजय भाग्नु परेको ठम्याई उनको छ । त्यसविरुद्ध उनले पार्टीका विभिन्न तहमा पटक–पटक आवाज उठाए । तर अध्यक्ष खड्गप्रसाद ओली दाहिना नभएकाले त्यसबेला उनको आवाज दबियो ।
अहिले परिबेश फेरिएको छ । उनी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली निकट भएका छन् । ओलीले पार्टी विधानमै नभएको उपाध्यक्ष समेत बनाउने भएका छन् । संसद्मा आउन विगतमा तगारो लगाउने उनै ओली यतिबेला उनलाई कास्कीबाट प्रतिनिधिसभामा ल्याउन तयार थिए ।
अफर पनि गरेका हुन्, तर गौतमले आँटेनन् । उनलाई फेरि पनि अन्तर्घात दोहरिने पो हो कि भन्ने त्रासले चुनाव लड्न गएनन् । ओलीको उदारमना उनीप्रति त्यतिमै सीमित रहेन । उनले आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा उमेदवार बन्न अर्काे प्रस्ताव दिए । तर गौतमले त्यो स्वीकार्न एउटा शर्त अघि सारे । त्यो थियो – राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्छ ।
गौतमको सो प्रस्ताव पारित गर्न ओलीले रुची देखिएनन् । त्यसैले आज नेकपा सचिवालय बैठकले तय गरेको राष्ट्रियसभा सदस्यको सूचीमा गौतमको नाम अटाएन ।
आजै बिहान बसेको सचिवाल बैठकमा पनि अहिले कार्यकारी अध्यक्षको हैसियतमा रहेका पुष्पकमल दाहाल प्रचण्डले समेत गौतमलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेका थिए । आज पनि उनले आफ्नो पुरानै अडान दोहाेर्याए । म अब उपप्रधानमन्त्री बन्न राष्ट्रियसभामा जाने हो र ? राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्न मिल्ने संशोधन नगर्ने हो भने मेरो के काम छ र ? त्यसपछि भने उमेदवारको नाम तय भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा यात्रा नगर्न अपिल
असार २०, २०८१ बिहिबार
विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको लन्च भेट
असार २०, २०८१ बिहिबार
सहकारी ठगीका विषयमा छलफल गर्न छानबिन समितिले बोलायो प्रहरी प्रमुख र गृहसचिव
असार २०, २०८१ बिहिबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार