इलाका प्रशासन कार्यालयबाट प्रजिअ कुरुम्बाङ्ले थाले काम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार २२:१५:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Rambahadur_SxzSOxVb1a.jpg)
१८ पुष, स्याङ्जा । जनतालाई सहज सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता राख्न सकिन्छ भन्ने उदाहरण अहिले स्याङ्जाका प्रमुख जिल्ल अधिकारी रामबहादुर कुरुम्बाङ्ले देखाएका छन् । जनतालाई सर्वसुलभ तवरबाट सेवा प्रवाह गर्नुपर्छ भन्ने मनोभाव राख्न सके गर्न सकिन्छ भन्ने बिषयलाई स्याङ्जाका सीडीओले उजागर गरेका छन् ।
विगतका सीडीओहरुले जिल्ला सदरमुकाममै बसेर जनताको काम गरिरहेका बेला भर्खर सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले स्याङ्जाका जनताले सेवाप्रवाहमा दुःख पाउनु हुँदैन भनेर उदाहरणीय काम गरेका छन् ।
जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई अबदेखि इलाका प्रशासन कार्यालयबाट हुने भएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ले हरेक शुक्रवार इलाका प्रशासन कार्यालय वालिङबाट जनताको सेवा प्रवाह गर्ने भएका छन् ।
जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै इलाका प्रशासनबाट सेवा लिने सेवाग्राहीका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न प्रजिअ कुरुम्बाङ्ले कार्यको शुरुवात गरेका हुन् । जनसंख्याको आधार र सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट भन्दा इलाका प्रशासन कार्यालयबाट बढी हुदै आएको छ ।
४० प्रतिशत नागरिकता, एमआरपी पासपोर्ट जिल्ला प्रशासनबाट वितरण हुन्छ भने ६० प्रतिशत वालिङबाट हुदै आएको छ । इलाका प्रशासन प्रमुखले गर्न नसक्ने कामका लागि प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था अनुरुप यहाँका जनता जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता रहदै आएको थियो ।
संघिय सरकारको निर्देशन अनुसार जनताको नजिक बसेर सेवा प्रवाह गर्नु भन्ने अदेशलाई पालना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । कर्मचारी सरकारको प्रतिनिधि हो प्रजिअ कुरुम्बाङ्ले भने,“जनतालाई दुख दिने काम कर्मचारीबाट हुनुहुँदैन ।” जनताको सेवकका रुपमा काम गरेमा जनताबाटै आर्शिवाद हामीले पाउछौं, उनले भने । राष्ट्र सेवक कर्मचारीबाट जनतालाई दुख दिनुहुन्न भन्ने मान्यता अनुरुप जिल्लामा खटिएका कर्मचारीलाई पनि सोही बमोजिम निर्देशन दिएको प्रजिअ कुरुम्बाङ्को भनाई छ ।
गैह्रसरकारी संस्था, नागरिकता संसोधन, विपत व्यवस्थापन, सुरक्षा लगायतका बिषयका लागि यस भेगका जनता जिल्ला सदरमुकाम पुग्नुपर्छ । प्रजिअ हरेक शुक्रवार वालिङ आउने भएपछि यहाँका जनता निकै खुशी भएका छन् । प्रजिअ सापबाट हुने कामका लागि सदरमुकाम जानुपर्ने बाध्यतालाई वालिङबाटै सहजता मिल्ने भएपछि खुशी भएको स्थानीय समाजसेवी लक्ष्मीकान्त रेग्मीले बताए । प्रजिअबाट राम्रो कामको थालनी भएको छ समाजसेवी रेग्मीले भने,“अब यस भेगका नागरिकलाई धेरै सुविधा मिल्नेछ ।” अत्यन्तै हलुका पन र जनतालाई ठुलो मानेर काम गर्ने प्रजिअको रुपमा चिनेको र अहिलेसम्म यस्तो प्रजिअ आफुले नपाएको रेग्मीले बताए ।
संघिय र प्रदेश सरकारको मातहतमा रहेका हरेक सरकारी निकायको काम अब हरेक शुक्रवार वालिङबाट हुने बताइएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठक पनि इलाका प्रशासनमा बसेर यस क्षेत्रमा हुदै आएका समस्या हल गर्ने रणनीति प्रजिअको छ । पौष १८ गतेदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष समेत इलाका प्रशासनमा बनाइएको छ । इलाका प्रशासनबाट प्रजिअको सेवा प्रवाह गर्ने कामको थालनीने कर्मचारीमा पनि उच्च मनोबल बढेको इलाका प्रशासन प्रमुख दामोदर शर्माले बताए ।
आज यो कार्यलय निकै उज्यालो भएको महशुष गरेको छु प्रमुख शर्माले भने,“जिल्लाकै प्रमुख प्रशासक इलाकामा बसेर जनताको काम गर्दा हलुका महशुष भएको छ ।” यो कार्यले जनतालाई धेरै सुविधा हुने शर्माले बताए । इलाका प्रशासनमा बसेर सेवा प्रवाह गर्ने प्रजिअ सम्ववत नेपालमै यो पहिलो हुन सक्ने अनुमान गरिएको छ । देशभरीका प्रजिअहरुको कार्यमुल्याङ्कनमा उत्कृष्ट भएका स्याङ्जाका प्रजिअले जनताको नजिक बसेर सेवा प्रवाह गर्ने कामको शुरुवात भएको छ यसको निरन्तरता र अन्य प्रजिअले पनि सिक्नु आवश्यक देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तकोशी नदीको जलसतह बढ्दै, ४१ ढोका खोलिए
असार २३, २०८१ आइतबार
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आज अति भारी वर्षा हुने
असार २३, २०८१ आइतबार
सेती नदीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा
असार २३, २०८१ आइतबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
सप्तकोशी नदीको जलसतह बढ्दै, ४१ ढोका खोलिए
असार २३, २०८१ आइतबार
एमाले संसदीय दलको बैठक बस्दै
असार २३, २०८१ आइतबार
कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २३, २०८१ आइतबार
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आज अति भारी वर्षा हुने
असार २३, २०८१ आइतबार