सामाजिक सुरक्षा भत्ता : महालक्ष्मीमा साढे १० करोड बेरुजु
नेपालबहस संवाददाता
पुस १९, २०७६ शनिबार १४:२२:२५
१९ पुस काठमाडौं । साढे १० करोड बेरुजु देखिएको महालक्ष्मी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणको हिसाबमा बैंकले समेत गडबडी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्तामा १० करोड ५० लाख ८६ हजार रुपैयाँ बेरुजु देखाएको थियो ।
आर्थिक वर्ष ०७३ र ०७४ मा ५ करोड ५० हजार ८ सय र ०७४ र ७५ मा ५ करोड ५० लाख ३५ हजार २ सय बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैंकले रकम वितरणको भरपाई र वितरण हुन बाँकी नामसहितको लाभग्राहीको विवरण नगरपालिकालाई उपलब्ध नगराएको र नगरपालिकाले पनि अनुगमन गरी जाँचबुझ नगरेको महालेखाले कारण औंल्याएको छ ।
नगरपालिकाले इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु, लामाटार क्षेत्रका ज्येष्ठ नागरिक, एकल, विधवा, दलित, बालबालिका, आंशिक र पूर्ण अपांगता भएकालाई भत्ता वितरण गर्न सिद्धार्थ, एनएमबी र सनराइज बैंकसँग सम्झौता गरेको थियो । लाभग्राहीको नामसहित भत्ता वितरण गर्न पहिलो, दोस्रो, तेस्रो र थप किस्ता गरेर सिद्धार्थमा एक करोड २८ लाख २१ हजार ६ सय र र सनराइजमा नगरपालिकाले ३ करोड १६ लाख ४० हजार ४ सय रुपैयाँ जम्मा गरेको थियो । एनएमबीमा भने पहिलो किस्ताको मात्र एक करोड ५ लाख ७३ हजार २ सय जम्मा गरेको थियो ।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७२ को दफा २४ ९६० अनुसार बैंकले लाभग्राहीका खातामा रकम जम्मा भएको स्पष्ट देखिने गरी नाम, बैंक, खाता नम्बर र जम्मा भएको रकमसहितको विवरण चौमासिक रूपमा सम्बन्धित नगरपालिकामा पठाउनुपर्ने व्यवस्था छ । यसै विवरणलाई रकम वितरण भएको भरपाई मानिने कानुनी व्यवस्था छ । सोही दफाको उपदफा ‘झ’ मा एक आर्थिक वर्षभरि कारोबार नगर्ने लाभग्राहीको खाता रोक्का राखी बैंकले सोको जानकारी नगरपालिकालाई दिनुपर्ने व्यवस्था छ तर बैंक र नगरपालिका दुवैले कार्यविधिअनुसार नगरेको महालेखाको ठहर छ । महालेखाले नगरपालिकालाई ०७५ चैत २९ मा बेरुजुको विस्तृत प्रतिवेदन दिएको थियो ।
नगरपालिकाले प्रमाण भएमा ३५ दिनभित्र बेरुजु फर्छ्योट गर्न सक्ने प्रावधान छ । फर्छ्योट गर्न पाउने अवधि असार मसान्तसम्म भए पनि फर्छ्योट गर्न सकेन । नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ बैंकले समयमै भत्ता वितरणको भरपाई उपलब्ध नगराएकाले फर्छ्योट गर्न नपाएको दाबी गर्छन् । ‘यसबारे बैंकलाई पटकपटक ताकेता पनि गरेका छौं,’ उनले भने, ‘बेरुजु नगरपालिकाको नाममा होइन, बैंकको नाममा छ ।’ अहिले फर्छ्योटका लागि ०७५ र ०७६ को लेखा परीक्षण गर्न आएको टोलीलाई समयमै पेस गरिसकेको उनको भनाइ छ । कतिसम्म भने सनराइज बैंकको विवरणमा हिसाब जोड्दा समेत कुल रकम बढी देखाइएको छ ।
नगरपालिकाबाट प्राप्त चेक रकम र बैंकबाट भुक्तानी रकम जोड्दा त्रुटि देखिन्छ । प्रथम, दोस्रो र तेस्रो किस्ताका लागि नगरपालिकाबाट ३ करोड ४० लाख २६ हजार ८ प्राप्त भए पनि बैंकले बुझाएको विवरणमा ३ करोड ४१ लाख ९८ हजार ४ सय उल्लेख छ । भुक्तानी भएको रकममा पनि एक लाख ६७ हजार ४ सय रुपैयाँ फरक देखिएको छ ।
सनराइज बैंक लुभु शाखाका प्रमुख पर्वत नेपालले आफू भर्खरै आएकाले यसबारे जानकारी नभएको बताए । बैंककै कर्मचारी सुनिल तुईतुईले भने आफूहरूले पेस गरेको विवरण नगरपालिकाले स्विकारिसकेको प्रतिक्रिया दिए । ‘बुझाएको विवरणमाथि नगरपालिकाले कतै गडबड भयो भनेको छैन,’ उनले भने ।
पञ्जीकरण शाखा प्रमुख अभिषेक घिमिरेले भने ‘एक्सल’ मा नभई ‘वर्ड फाइल’ मा जोडेकाले विवरणमा गल्ती भएको जिकिर गरे । ‘हामीले पठाएको वितरण र फिर्ता पठाएको रकम ठीक छ,’ उनले भने । नगरपालिकाअन्तर्गत १० वटा वडामध्ये १ देखि ४ सम्म सिद्धार्थ, ५ देखि ८ सम्म प्रथम किस्ता एनएमबी, ९ र १० सनराइजमार्फत भत्ता वितरण भएको थियो । ५ देखि ८ नम्बरसम्मको दोस्रो र तेस्रो किस्ता पनि सनराइजले वितरण गरेको थियो ।
सरकारले ज्येष्ठ नागरिकलाई प्रत्येक चौमासिक ८ हजार, एक महिला र विधवालाई ४र४ हजार, पूर्णरआशिंक अपांगता भएकालाई क्रमशः ८ हजार र २ हजार ४ सय र दलित बालबालिकालाई एक हजार ६ सय दिने गरेको छ । त्यसमा नगरपालिकाले प्रत्येकलाई ५ सय रुपैयाँ थपिदिएको छ ।
पहिलो किस्ता असोज, दोस्रो माघ र तेस्रो जेठमा वितरण हुन्छ । सरकारी प्रावधानअनुसार प्रथम किस्ता बाँडिसकेपछि दोस्रोका लागि अनिवार्य फर्छ्योट गर्नुपर्छ तर नगरपालिकाले त्यसो नगरी दोस्रो र तेस्रो किस्ताको रकम वितरण गरेको थियो । पञ्जीकरण शाखा प्रमुख घिमिरेले आफू सरुवा भएर आउनुअघि बेरुजु देखिएको बताए । ‘हामीले हिसाब मिलानका लागि महालेखा कार्यालयमा पठाइसकेका छौं,’ उनले भने । कान्तिपुरबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार