स्याङ्जामा सीपमुलक तालिम केन्द्र स्थापना गर्ने मन्त्री अर्यालको प्रतिवद्धता
नेपालबहस संवाददाता
पुस १९, २०७६ शनिबार २२:२६:५९
१९ पुष, स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको आधारभुत आवश्यकतामा सरकार चिन्तित् रहेको बताएकी छन् ।
स्याङ्जाको वालिङ नगरपालिका १ स्थित रामबाच्छा सिरेटारी खानेपानी आयोजनाको शिलन्यास गर्दै मन्त्री अर्यालले जनता भएको ठाँउ र बस्ती भएको ठाँउमा यातायात, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुच पुग्नुपर्ने धारणा राखेकी हुन् । न्युनतम जनतालाई आधारभुत आवश्यकता पुरा गर्नुपर्ने दायित्य सरकारको रहेको बताउदै मन्त्री अर्यालले यही भिजनका साथ सरकार अगाडी बढेको बताईन् ।
मुलुकको सुशासन, विकास र समृद्धिको यात्रा हावाको गतिमा अगाडी बढेको छ मन्त्री अर्यालले भनिन्,“अब सरकार कुनै जनता विकासका योजनाबाट बन्चित हुने छैनन् ।” जनतालाई आयआर्जन लक्षित कार्यक्रम सरकारले अगाडी सारेको उनले बताइन् । जनतालाई खाने सीप उपलव्ध नगराएसम्म समृद्धि हासिल हुदैन मन्त्री अर्यालले भनिन्,“सीपमुलक तालिम केन्द्र स्थापनाका लागि सरकार लागेको छ ।” एक घर एक खानेपानीको धारा भन्ने अभियानका साथ केन्द्रिय सरकार लागेको बताउदै मन्त्री अर्यालले प्रदेश र स्थानीय सरकारलाई पनि यो अभियानमा सघाउन आग्रह गरिन् ।
स्याङ्जाको विकासका लागि आफु योजनाबद्ध ढंगबाट अगाडी बढेको मन्त्री अर्यालको भनाई छ । सीपमुलक तालिम केन्द्र पहिला स्याङ्जामा स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री अर्यालले समृद्धिसँग जोडिन आयआर्जनको आवश्यकता पर्छ । त्यसैले सरकार गरिबी न्युनिकरणका लागि आवश्यकता अनुसारको सीपमुलक तालिम अब जनतालाई दिने अभियानमा छ मन्त्री अर्यालले भनिन् ।
शिलन्यास कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहन रेग्मीले प्रदेश सरकार २ बर्ष भित्र जनतालाई खानेपानी अभाव हुन नदिने गरी अगाडी बढेको बताए । जनताको आवश्यकता अनुसार विकासे योजना तयार गर्दै प्रदेश सरकार अगाडी बढेको धारणा रेग्मीको छ । वालिङ नगर प्रवक्ता तथा वडा अध्यक्ष केदार काफ्ले, खानेपानीका अध्यक्ष झलकनारायण काफ्ले, सचिव गीरमान गुरुङ र कोषाध्यक्ष पदमराज गुरुङ्ले यो आयोजनाले यहाँका बासिन्दालाई खानेपानीको अभाव नहुनेमा विश्वास व्यक्त गरे ।
लिफ्टिङ प्रणालीबाट निर्माण हुन लागेको उक्त खानेपानी आयोजना ८ करोड, ५४ लाख, ८२ हजार ९ सय ६३ रुपैयाको लागतमा निमार्ण हुने प्रारम्भिक प्रतिवेदन अनुसार बजेट विनियोजन भएको छ । यो खानेपानी सम्पन्न भएपछि रामबाच्छा बजारवासी लाभान्वित हुनेछन् । खानेपानीको अभाव झेलीरहेका रामबाच्छा बजारवासीका लागि मन्त्री अर्यालकै पहलमा यो आयोजना आएको समितिले जनाएको छ । करिब ८ महिनामा सम्पन्न हुनेगरी यो आयोजनाको काम शुरु गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २, २०८१ बुधबार