ध्रुवप्रसादको जस्तै जाँगर चाहिन्छ , स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ
नेपालबहस संवाददाता
पुस १९, २०७६ आइतबार ०:५६:२९
घनश्याम बलम्पाकी/रासस
१९ पुस हरिवन । सर्लाही वाग्मतीका एक युवाले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन्।
उनले च्याउको बीउ बिक्री गरेर मासिक रु एक लाख २० हजार आम्दानी गर्छन् । दुई वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आइरहेका उद्यमी चौलागाईँले दुई महिनादेखि आफैँ च्याउको बीउ उत्पादन गर्न शुरुआत गरेका छन्। २५० ग्रामको दैनिक एक हजार कन्य च्याउको बीउका प्याकेट उत्पादन गरिरहेको उनले जानकारी दिए। उनका अनुसार यसअघि च्याउको बीउ लिनका लागि हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा यहाँबाट धाउथिए ।
अहिले वाग्मतीमै च्याउको बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिकरुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ । उनले अहिले करिव रु ३० लाखमा च्याउ उत्पादन गर्ने उपकरण किए । उनले भने “ म दैनिक १ हजार च्याउको बीउको प्याकेट उत्पादन गर्छु ।” स्थानीय बजारमा पनि च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न खासै बजारको समस्या नभएको उहाँकोे कथन रहेको छ ।
रु ४० रुपैयाँका दरले प्रतिप्याकेट स्थानीय कृषकलगायत सिन्धुली, रौतहट, महोतरीका किसान र कृषि ज्ञानकेन्द्र सर्लाहीलाई बीउ बिक्री गरिरहेको उनी बताउछन् । उनले च्याउको बीउ उत्पादन गर्ने काममा स्थानीय तीन जना युवालाई रोजगारी दिए । यही व्यवसायको कमाइबाट चार कठ्ठा जमिन जोडिसकेका छन् ।
अहिले उनले कृषि फार्म नै दर्ता गरेर च्याउ र च्याउको बीउ उत्पादन गर्दै आइरहेका छन् । स्वदेशमै केही गरौ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेको जानकारी दिए । खासगरी चिसो मौसममा च्याउको खेती हुने गर्छ । उनले अझ बढी फाइदा लिनका लागि बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाई राख्न इयर कन्डिसनसमेत जडान गरिएको बताए ।
कृषि ज्ञानकेन्द्र मलङ्गवाका प्रमुख देवानन्द राय यादवले भन्छन् “रोजगारीका लागि विदेशमै जानुपर्छ भन्ने छैन । मेहनत र सीप भए स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । ” विदेश जाने मोह बोकका युवाका लागि विदेशभन्दा राम्रो कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् वाग्मतीका ध्रुव चौलागाईं । उनले पछिल्लो समय सर्लाहीमा च्याउखेती गर्ने किसानको सङ्ख्या बढेको छ । च्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्घि भएको प्रमुख यादवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
आइपिएलका हरेक खेलमा खेलाडीले साढे सात लाख म्याच फिस पाउने
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाए सर्वदलीय बैठक
असोज १३, २०८१ आइतबार
बाढीपहिरोको क्षति, उद्धार र राहतबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
असोज १३, २०८१ आइतबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार