महानगर कप भलिबल : पुरुष र महिलाका सात टोली विजयी
नेपालबहस संवाददाता
पुस २०, २०७६ सोमबार १:४७:११
२० पुस ललितपुर । ललितपुरमा जारी महानगर कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका सात टोली विजयी भएका छन् ।
जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा आज भएको पुरुष भलिबलमा बनेपा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई, महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई तथा कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकालाई पराजित ग¥यो ।
बनेपाले कीर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ अङ्कले हरायो । यस्तै महालक्ष्मीले पनौतीलाई २५–१४, २५–२३ र २५–२१ अङ्कले पराजित ग¥यो । पुरुषतर्फकै अर्को खेलमा कमलामाईले गोकर्णेश्वरलाई २५–२१, २५–१८ र २५–१९ अङ्कले हरायो । अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई ३–१ सेटले पराजित ग¥यो । उक्त खेलमा चौतारा २५–२१, १९–२५, २५–१९ र २५–२१ अङ्कले विजयी भएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिए ।
यस्तै महिलातर्फ आज भएको खेलमा गोकर्णेश्वर, हेटौँडा र ललितपुर महानगरपालिका विजयी भएका छन् । गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५–१७, २५–२१ र २५–१७ अङ्कले हरायो । हेटौँडाले टोखा नगरपालिकालाई २५–१७, २५–२१ र २५–१७ अङ्कले पराजित ग¥यो । अर्को खेलमा आयोजक ललितपुर महानगरपालिकाले बनेपा नगरपालिकालई ३–० सोझो सेटमा पराजित ग¥यो । ललितपुरले उक्त खेल २५–५, २५–११ र २५–९ अङ्कले हरायो ।
ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा प्रदेश नं ३ स्तरीय अन्तर नगरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेका संयोजक बज्राचार्यले बताए । पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार