मुस्ताङमा २७ हजार स्याउका बिरुवा माग
नेपालबहस संवाददाता
पुस २१, २०७६ सोमबार १८:०:१८
२१ पुस ठिनी । मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने जानकारी दिए। प्रतिबिरुवा रु एक हजार १५० पर्ने हाई डेन्सिटी पाल्ट कृषकलाई प्रतिबिरुवा रु ५७५ मा र प्रतिबिरुवा रु ७० पर्ने रेड डेलिसियस जातको स्थानीय स्याउ प्रतिबरुवा रु ३५ मा वितरण गरिने कार्यालयले जनाएको छ ।
सत्ताइस हजार बिरुवाको माग भएकामा १५ हजार हाई डेन्सिटी पाल्ट र १२ हजार रेड डेलिसियस स्थानीय जातको स्याउको बिरुवा वितरण गरिने प्रमुख लम्सालले बताए । मुस्ताङको स्याउले बजार र उचित मूल्य पाउन थालेसँगै कृषकहरु स्याउ खेतीप्रति आकर्षित भएका छन् ।
मुस्ताङको लेते, घाँसा र कुञ्जो बाहेकका क्षेत्रमा व्यावसायिक स्याउ खेती हुन्छ । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा सात सय हेक्टरमा उत्पादन हुन्छ”, लम्सालले भने “कृषक र व्यापारीहरुबाट सङ्कलित विवरणअनुसार यस वर्ष छ हजार ५०० मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।”
मुस्ताङमा मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रले स्याउलगायत फलफूल र तरकारीको बिरुवा तथा बिउ उत्पादन गर्दै आएको छ । यतिबेला मुस्ताङका कृषकहरु स्याउको बगैँचाको व्यवस्थापनमा जुटेका छन् ।
स्याउ बगैँचा व्यवस्थापनका लागि कृषकको मागअनुसार स्याउ जोन कार्यालयले औजार, विषादी, नीलोतुथो, स्प्रे, चुना, सर्व आयल, हाते ट्र्याक्टर, ढुवानीका लागि प्याक, स्याउ व्यवस्थापन सामग्री आदिमा सहयोग गर्ने स्याउ जोन सञ्चालक समितिका संयोजक जयेन्द्र थकालीले बताए ।
गण्डकी प्रदेश सरकारले पनि अनुदानमा स्याउका बिरुवा स्याउ जोनमार्फत कृषकलाई वितरण गर्ने प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले बताए । मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार