सुनले राख्याे ऐतिहासिक रेकर्ड : तोलाको ७६ हजार रुपैयाँ
नेपालबहस संवाददाता
पुस २१, २०७६ सोमबार १९:३:४१
२१ पुस काठमाडौं । सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।
आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ ।
आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ ।
आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार