प्रभु बैंकको स्प्रेडदर सीमाभन्दा माथि, निक्षेप संकलनमा सुस्त, खराब कर्जा बढ्यो
आर्थिक संवाददाता
पुस २१, २०७६ मंगलबार ०:३५:१
२१ पुष, काठमाडाैं । प्रभु बैंकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ८४ प्रतिशत नगद लाभांश गरी १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गरेको छ । सो बोनस शेयर पश्चात कम्पनीको पुँजी बृद्धि भई १० अर्ब ३१ करोड पुगेको छ ।
कम्पनीको लाभांशको इतिहास:
निकै लामो समयदेखि लाभांश नबाढेको बैंकले आर्थिक वर्ष ०७४/७५को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेर लाभांश दिने कम्पनीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो । वाणिज्य बैंक भए पश्चात बैंकले लाभांश दिन थालको २ वर्ष भएको र विगत २ वर्षदेखि कम्पनीले बोनस शेयरलाई नै प्राथमिकतामा राखेको देखिन्छ ।
हेरौं कम्पनीको ५ वर्षको लाभांशको ईतिहास:
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
नोट : बैंकको चुक्ता पुँजी, प्रति शेयर आम्दानी, किताबी मूल्य गणना गर्दा १६ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन गरिएको छ ।
खुद ब्याज आम्दानीमा वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा २४ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब १३ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १ अर्ब ४० करोड खुद व्याज आम्दानी गरेको थियो ।
खुद मुनाफामा सामान्य वृद्धि :
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ८४ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ६२ करोड ८४ लाख खुद मुनाफा गरेको छ। यसरी खुद मुनाफामा ५ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा २४ प्रतिशतको वृद्धि हुँदा पनि कम्पनीले कर्जा जोखिम व्यवस्थापन शिर्षकमा १२ करोड ४९ लाख व्यवस्थापन गर्नु पर्दा कम्पनीको खुद नाफामा असर परेको देखिन्छ । गत वर्ष सोही अवधिमा कम्पनीले सो शिर्षकबाट ५ करोड १७ लाख फिर्ता गर्न सफल भएको थियो ।
प्रतिशेयर आम्दानीमा गिरावट:
चुक्ता पुँजीमा १६ प्रतिशतको बृद्धि भएको र खुद मुनाफामा ५ प्रतिशतको बृद्धि भएको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा ९ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैया ३७ पैसा रहेको छ ।
जगेडा कोष र संचित मुनाफा बढ्यो:
कम्पनीको जगेडा कोष १२ प्रतिशतले वृद्धि हुँदै जगेडा कोषमा ४ अर्ब ३९ करोड रकम पुगेको छ । संचित मुनाफा भने ४ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५७ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा कुनै रकम छैन ।
निक्षेप कर्जा कस्तो ?
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन सामान्य १ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह भने ७ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ६ अर्ब निक्षेप संकलन गरी ९१ अर्ब ६८ करोड कर्जा प्रवाह गरेको छ ।
खराब कर्जा बढ्यो ?
केही समय यता निकै धेरै खराब कर्जाका साथ अघि बढेको बैंकले छोटो समयमै खराब कर्जालाई ५ प्रतिशत भन्दा मुनी झार्न सफल भएको थियो । तर यस त्रैमासमा भने अलिकता फरक अवस्था देखियो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा २ दशमलव ५१ प्रतिशत रहेको खराब कर्जा अहिले भने यस त्रैमासमा आउँदासम्म वृद्धि भएर ३ दशमलव ३२ प्रतिशत पुगेको छ ।
स्प्रेड दर घट्नु पर्नेमा बढ्यो :
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २०७७ साल असार महिनासम्म ४ दशमलव ४० प्रतिशतको स्प्रेड दर कायम गर्नु भने पनि प्रभु बैंकको स्प्रेड दर भने बढ्दै ५ दशमलव १५ प्रतिशत पुगेको छ ।
कम्पनी र दोश्रो बजार:
मूल्य आम्दानी अनुपात १० गुणा:
कम्पनीको पुष २१ गतेको बजार मूल्य २३४ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ९ दशमलव ६० गुणा आउँछ । मूल्य आम्दानी अनुपात १० गुणा भन्दा मुनी हुनुलाई सकारात्मक रुपमा हेर्न सकिन्छ ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३७ पैसा र किताबी मूल्य १५७ रुपैयाँ ८६ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य २९४ रुपैयाँ हुन आउँछ ।
यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य २३४ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा थोरैमा कारोवार भएको छ । कम्पनीको पुष २१ गतेको बजार मूल्य उसको वास्तविक मूल्य भन्दा प्रतिकित्ता ६० रुपैयाँ सस्तो देखिन्छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात १ दशमलव ४८ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “अण्डर भ्यालूड” क्षेत्रमा देखिन्छ ।
निस्कर्ष:
दोश्रो बजारमा मूल्य आम्दानी अनुपात १० गुणाको हाराहरीमा छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । प्रकाशित स्प्रेड दर ५ दशमलव १५ प्रतिशत छ । स्प्रेड दरलाई घटाउनु एउटा प्रमुख चुनौती रहेको छ । बैंकको निक्षेप संकलनमा एकदमै सुस्त रहेको छ । निक्षेप संकलनलाई वृद्धि गर्दै लानु बैंकलाई चुनौती थपिएको छ ।
खराब कर्जा पनि वृद्धि हुँदै ३ दशमलव ३२ प्रतिशत पुगेको छ । अन्य वाणिज्य बैंकको तुलनामा बैंकको खराब कर्जा धरै रहेको छ । सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक भन्दा पछि सबैभन्दा धेरै खराब कर्जा प्रभु बैंकको रहेको छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार