खाडी क्षेत्रको तनावका विषयमा विभिन्न देशका समकक्षीसँग फोनवार्ता
नेपालबहस संवाददाता
पुस २१, २०७६ मंगलबार ०:४३:१७
२१ पुस एजेन्सी । भारतका विदेशमन्त्री एस जयशंकरले खाडी क्षेत्रमा हालै शुरु भएको खाडी क्षेत्रको तनावका विषयलाई लिएर अमेरिकालगायतका आफ्ना केही देशका समकक्षीसँग वार्ता गरेका छन्।
विदेशमन्त्री जयशंकरले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, संयुक्त अरब इमिरेट्स ‘यूएई’ का शेख अब्दुल्लाह बिन जायद अल नयन र ओमानका परराष्ट्र मन्त्री युशुफ बिन अलादी बिन अब्दुल्लाहसँग आइतबार फोनवार्ता गरेका हुन् ।
उनले आइतबार राति पछिल्लो समयमा खाडी मुलुकमा विकास भएको अवस्थालाई लिएर अमेरिका, युएई र ओमनका विदेशमन्त्रीहरुसँग फोनवार्ता भएको कुरा आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराए ।
पछिल्लो समयमा अमेरिका र इरानबीच तनाव बढेको छ । यस विषयमा के कसरी अघि बढ्ने भन्ने बारेमा उनीहरुबीच फोनवार्ता भएको समाचारमा जनाइएको छ । उनले युएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद र ओमानका परराष्ट्रमन्त्री युशुफ बिन अलावी बिन अब्दुल्लाहसँग इरानमा विकसित परिस्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गरेको जानकारी गराए ।
वार्ताका क्रममा खाडी क्षेत्रमा विकसित घटनाक्रमका बारेमा आ–आफ्ना धारणा आदानप्रदान भएको जानकारी गराए ।त्यसक्रममा विदेशमन्त्री जयशंकरले खाडी क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षाका विषयमा भारतको चासो रहेको उनीहरुलाई बताए ।
यसअघि विदेशमन्त्री जयशंकरले इरानी समकक्ष मोहम्मद जावेद जरीफसँग पनि फोनवार्ता गरी खाडीमा व्याप्त तनावको अवस्थालाई कम गर्न इरानले मुख्य भूमिका खेल्न सक्ने बताए । इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव उत्पन्न गरिदिएको बताइएको छ ।
शुक्रबार अमेरिकी सेनाको कारबाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए । यसका कारण अमेरिका र खाडी देशका बीचको तनाव थप बढेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन् ।
अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके बताउँदै आएको सुलेमानी अमेरिकी सेनाको कारबाहीमा मारिएपछि इरानले अमेरिकासँग बदला लिने धम्की दिएको छ ।
तर उत्तेजक नहुन र संयमता अपनाउन विभिन्न देशले इरानलाई आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले पनि आलोचना गरेका छन् । तर यूरोपेली सङ्घले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।
बग्दादमा भएको यस आक्रमणले खाडी क्षेत्रमा हाल जारी रहेको तनावलाई थप बढाउने आशङ्का विश्व समुदायले गरेको छ । उता अमेरिकाले पनि यदि इरानले आफ्नो क्षेत्र तथा अमेरिकी नागरिकमाथि हमला गरेमा इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको बताएको छ ।
यसै विषयमा यतिखेर विश्व समुदाय चिन्तत रहेको र विदेशी समुदायले पनि आ–आफ्ना क्षेत्र र समकक्षीहरुसँग आपसमा वार्ता गरी खाडीको तनावलाई कसरी कम गर्ने भन्ने बारेमा परामर्श गरिरहेका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार