जापानमा सवारी साधन विक्री दर तीन वर्ष यताकै कमी

नेपालबहस संवाददाता
पुस २२, २०७६ मंगलबार १३:४६:२३

२२ पुस एजेन्सी । सन् २०१९ मा जापानमा सवारी साधन विक्री दर तीन वर्ष यता पहिलो पटक घटेको जापानी उद्योगहरूको समूहले सोमबार जानकारी गराएका छन् ।
गाडीको बिक्रीमा कमी आउनुलाई जापानमा सन् २०१९ मा भोग्नु परेका प्राकृतिक प्रकोप र उपभोक्ता करमा भएको वृद्धि जिम्मेवार रहेको भएपनि कारको बिक्री दरमा सामान्य कमी मात्र आएको उक्त समूहले बताएको छ । ‘जापान अटोमोबाइल डिलर्स एसोसियसन’का अनुसार गत वर्ष जापानले कुल ५१ लाख ९५ हजार २१६ नयाँ कार विक्री गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले कमी हो ।
समूहले दिएको तथ्याङ्कमा जापानको निसान कम्पनीबाट उत्पादित सवारी साधनको बिक्रीमा सबैभन्दा बढी न्यूनता देखिएको अर्थात् यस वर्ष निसानका उत्पादनमा १३.८ प्रतिशतले कमी आएको छ । निसानले यस वर्ष कुल तीन लाख ६७ हजार ५१४ कार बिक्री गरेको थियो । कम्पनीको प्रमुख नै रहेका समय निसानका पूर्व प्रमुख कार्लोस गोउनलाई सन् २०१८ को नोभेम्बरमा पक्राउ गरिएपछि यस कम्पनीले आफ्नो बजारलाई कायम राख्न नसकेको बताइने गरेको छ ।
गोउन पक्राउ परेपछि कम्पनीको व्यवस्थापनमा नै केही समय अस्तव्यस्तता देखिएको थियो भने अर्को तर्फ कम्पनीले आफ्नो बजारलाई कायम राख्न आफ्ना उत्पादनमा मूल्य घटाएको थियो । तर यसको प्रभाब बजारमा नकारात्मक रह््यो ।
जापानको अर्को ठूलो सवारी साधन कम्पनी टोयटा मोटर्स कर्पोरेसनले भने आफ्नो बिक्रीलाई २.७ प्रतिशतले वृद्धि गर्न सफल रहेको थियो । टोयटाले गत वर्ष एक लाख ५१ हजार ७४१ सवारी साधन बिक्री गरेको थियो । त्यस्तै होन्डा मोटर्सले सन् २०१९ मा कुल तीन लाख ५७ हजार २४२ कार बिक्री गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले कमी हो ।
त्यसैगरी, ६६० इन्जिन क्षमतासम्म भएका साना गाडीको बिक्री ०.७ प्रतिशतले घटेको र कुल एक लाख ९१ हजार ३४६ कार बिक्री भएको छ । जापानमा विगत वर्षहरूमासवारी साधनको उत्पादन तथा बिक्रीदर बढ्दो अवस्थामा रहेको थियो तर यसमा गत वर्ष एक्कासी कमी देखिएको जापान हल्का सवारी साधन तथा मोटर्स एशोसिएशनले बताएको छ । “सेप्टेम्बर र अक्टुबरमा जापानले भोगेका श्रृङ्खलाबद्ध प्राकृतिक विपत (आँधी)ले सवारी साधनको बजारलाई प्रभावित तुल्याएको हो,” एशोसिएशनका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग बताए ।
उनले भने, “जापानमा गत वर्षको अक्टोबर १ देखि उपभोक्ता करलाई आठ प्रतिशतबाट १० प्रतिशत बनाइएको थियो र यो पनि सवारी साधनको बजार प्रभावित पार्ने एउटा माध्यम बन्नपुग्यो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पसँगको चर्काचर्की बहसपछि बेलायत पुगे जेलेन्स्की
फागुन १७, २०८१ शनिबार
गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी
फागुन १७, २०८१ शनिबार
ट्रम्प र जेलेन्स्कीबीचको बहसपछि विश्वमा हंगामा, युक्रेनलाई कुन देशहरूको छ समर्थन ?
फागुन १७, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
फागुन १८, २०८१ आइतबार
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य विदेशी मुद्रा कति पुग्यो ?
फागुन १८, २०८१ आइतबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार