कामना सेवा विकास बैंकको लाभांश दर लगातार घट्दो क्रममा, आक्रामक व्यापार विस्तार गर्न नसक्दा प्रति शेयर आम्दानी लाजमर्दो
आर्थिक संवाददाता
पुस २२, २०७६ मंगलबार २३:५१:५७
२२ पुष, काठमाडाैं । पोखरामा केन्द्रिय कार्यालय रहेको कामना विकास बैंक र बुटवलमा केन्द्रिय कार्यालय रहेको सेवा विकास बैंक एकआपसमा मर्ज भएर काठमाडौं भित्रिएको कामना सेवा विकास बैंक राष्ट्रिय स्तरको कान्छो विकास बैंक हो ।
राजधानी भित्रिएको दुई बर्ष भित्रमा पनि यो बैंकले खासै प्रगति गर्न सकेको छैन् । मर्ज अगाडि नै दुवै बैंकमा रहेको अत्याधिक खराब कर्जाका कारणले होस् वा नयाँ व्यवस्थापनले आक्रामक रुपमा निक्षेप संकलन गरि कर्जा विस्तार गर्न नसक्दा शेयरधनीहरुले खासै लाभ पाउन सकिरहेका छैनन् । मर्ज पछि पनि राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी पुर्याउन धौधौ परेको यस बैंकले गत बर्ष अति न्युन बोनस शेयर दिएर भएपनि बल्लतल्ल २ अर्ब ५४ करोड चुक्ता पुँजी पुर्याएको छ ।
बैंकको अध्यक्षमा डिस होमका सीईओ सुदीप आर्चाय रहेका छन् भने अन्य संचालकहरुमा भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी रहेका छन् र यस्तै प्रमुख कार्यकारी अधिकृतमा प्रवीण वस्नेत तथा डीजीएमद्धयमा हरिप्रसाद लम्साल र टुवराज बास्तोला छन् । कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
कम्पनीको लाभांशको इतिहास:
कम्पनीले आर्थिक वर्ष ०७३/७४ मा ५ दशमलव ५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांश दिएको थियो त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १ दशमलव ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी ९ दशमलव ५ प्रतिशत लाभांश दिएको थियो । यसरी सरसर्ती लाभांशको ईतिहास हेर्दा कम्पनीकाे लाभांशको दर घट्दो क्रममा छ ।
हेरौं कम्पनीको ३ वर्षको लाभांशको ईतिहास:
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा ७९ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १४ करोड ४ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले २५ करोड १५ लाख खुद व्याज आम्दानी गरेको थियो ।
खुद मुनाफामा सामान्य वृद्धि :
गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ लाख ८८ हजार खुद मुनाफा गरेको कम्पनीले अहिले भने १ करोड ८६ लाख खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा ५६९ प्रतिशतको वृद्धि देखिएको छ ।
प्रतिशेयर आम्दानीमा वृद्धि:
चुक्ता पुँजीमा बृद्धि नभएको र खुद मुनाफामा ५६९ प्रतिशतको बृद्धि भएको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा ५६९ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीको प्रति शेयर आम्दानी २ रुपैया ९४ पैसा रहेको छ । जुन अन्य बैंककाे तुलनामा अत्यन्त न्युन हाे । गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी ० दशमवल ४४ रुपैयाँ थियो ।
जगेडा कोष घट्यो, संचित मुनाफा बढ्यो:
कम्पनीको जगेडा कोष १ प्रतिशतले कम हुँदै ५२ करोड ५९ लाख रकम पुगेको छ । संचित मुनाफा भने ९२ प्रतिशतले वृद्धि हुँदै ३३ करोड २७ लाख पुगेको छ । शेयर प्रिमियम शिर्षकमा कुनै रकम छैन ।
निक्षेप कर्जा कस्तो ?
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन ११ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह भने ९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २५ अर्ब ४८ करोड निक्षेप संकलन गरी २१ अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ ।
खराब कर्जा घट्यो
बैंकको खराब कर्जा भने केही घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ दशमलव ७१ प्रतिशत रहेको खराब कर्जा अहिले भने यस त्रैमासमा आउँदासम्म केही घटेर १ दशमलव ६१ प्रतिशत पुगेको छ ।
कम्पनी र दोश्रो बजार:
मूल्य आम्दानी अनुपात ४८ गुणा:
कम्पनीको पुष २२ गतेको बजार मूल्य १४१ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ४८ दशमलव ०१ गुणा आउँछ । यो दोश्रो बजारमा निकै धरै मूल्य आम्दानी अनुपात बैंक तथा वित्तीय संस्थाहरुको अहिलेको मूल्य आम्दानी अनुपात हेर्दा कामना सेवा विकास बैंकको मूल्य आम्दानी अनुपात निकै धरै नै हो ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९४ पैसा र किताबी मूल्य १३३ रुपैयाँ ८१ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य ९४ रुपैयाँ हुन आउँछ । यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य १४१ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा धेरैमा कारोवार भएको छ । कम्पनीको पुष २२ गतेको बजार मूल्य उसको वास्तविक मूल्य भन्दा प्रतिकित्ता ४७ रुपैयाँ महँगो देखिन्छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात १ दशमलव ०५ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “अण्डर भ्यालूड” क्षेत्रमा देखिन्छ ।
निस्कर्ष:
कम्पनीको प्रति शेयर आम्दानी निकै थोरै रहेको छ । बैंकले राम्रो खुद मुनाफा निकाल्न नसकेको प्रस्ट देखिन्छ । त्यस्तै दोश्रो बजारमा निकै धेरै मूल्य आम्दानी अनुपातमा कम्पनीको शेयर मूल्य कारोवार भएको देखिन्छ । विगत ३ वर्षको लाभांशको ईतिहास हेर्दा कम्पनीको लाभांश दर घट्दो क्रममा छ ।
यही वित्तीय प्रतिवेदन आगामी त्रैमासमा पनि प्रस्तुत गरेमा कम्पनीबाट लगानीकर्ताले आकर्षक प्रतिफल प्राप्त गर्न नसक्ने देखिन्छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार