घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराले जालो लगायो
नेपालबहस संवाददाता
पुस २३, २०७६ बुधबार १५:३३:९
२३ भदौं भद्रपुर । झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् ।
गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण गरेका थिए । गाउँपालिकाले तीन जना घुम्ती शिक्षक कम्प्युटर पढाउन नियुक्तसमेत गरेको छ ।
शिक्षकले पढाउन नभ्याउँदा विद्यालयको कोठामा रहेका कम्प्युटरमा माकुराले जालो लगाउन थालेका छन् । प्रधानाध्यापक रामबहादुर बुढाथोकीले विद्यालयसँग कम्प्युटर शिक्षक नभएको र गाउँपालिकाका घुम्ती शिक्षक नियमित नआउँदा दाताले दिएका कम्प्युटर प्रयोगविहीन भएको बताए । उनले भने, “घुम्ती शिक्षक छन्, कहिले महिनामा एकपटक त कहिले १५ दिनमा आउछन् ।”
कक्षा ५, ६, ७ र ८ मा कम्प्युटर विषय पठन पाठन हुन्छ । विद्यार्थीले व्यवहारिकता बिना किताबका सैद्धान्तिक शिक्षा पढेका र सुनेका भरमा परीक्षा दिन विवश रहेका छन् ।
आदिवासी राजवंशी समुदायको बाहुल्य रहेको बाह्रदशी गाउँपालिकामा पाँच माध्यमिक तहसहित १६ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा कम्प्युटर पढाउन गाउँपालिकाबाटै तलब खुवाउने गरी तीन जना घुम्ती शिक्षक नियुक्त गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल बताउछन् ।
उनले न्यून सङ्ख्यामा रहेका कम्प्युटर विषयका शिक्षकले विभिन्न विद्यालयमा आलोपालो पढाउनुपर्ने बाध्यता रहेको हुँदा समस्या आएको बताए । विद्यालयमा कक्षाकोठा र शिक्षक दरबन्दीको समेत अभाव रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार