गले देउवा, एकताको खाका तयार हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २३, २०७६ बुधबार १९:३०:१०
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२३ पुष, काठमाडौं । अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुष ११ को केन्द्रीय कार्यसमितिले गरेको निर्णय सच्याउन तयार भएको सन्देश असन्तुष्ट पक्षका नेताहरु समक्ष सम्प्रेषण भएको छ । आज बिहानै पार्टी उपसभापति बिमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई यस्तो जानकारी दिएका हुन् । जवाफमा नेता पौडेलले भने यसबारे जारी जिल्ला सभापति भेलामा छलफल गर्ने बताएको स्रोतको दावी छ ।
राजधानीमा जारी पार्टी जिल्ला कार्यसमितिका सभापतिहरुको भेलाले केन्द्रीय कार्यसमितिको उक्त निर्णय नमान्ने पक्षमा आवाज बुलन्द गरेपछि देउवा गलेका छन् :– निधिको सन्देशको निचोड यही हो । पार्टीमा असन्तुष्ट पक्षको मागको सुनुवाई नगरी बहुमतको बलमा संस्थापन पक्षले धमाधम निर्णय गर्न थालेपछि जिल्ला सभापतिहरुको भेला बोलाइएको थियो ।
भेलामा झण्डै ५० जिल्लाका सभापतिहरु सहभागी छन् । सभापति देउवाको कार्यशैलीप्रति गम्भिर असन्तुष्टी जनाएका जिल्ला सभापतिहरु अब पार्टीमा अभूतपूर्व एकता हुनै पर्ने पक्षमा खुलेका छन् । त्यसका लागि संस्थापन पक्ष लचक हुनुपर्ने माग राखेका छन् ।
जिल्ला सभापतिहरुको भेलाले चर्काे दवाव दिएपछि केन्द्रीय सभापति देउवा पूर्व निर्णय सच्याउन तयार भएको संदेश उपसभापति विमलेन्द्र निधिले दिएका छन् । स्रोतका अनुसार, आज विहान निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई यसको जानकारी दिएका छन् । साथै सभापति देउवाले पनि महामन्त्री डा. शशांक कोइरालालाई हिजै साँझ भेट गर्न बोलाएका थिए । तर डा. कोइरालाले पार्टी कार्यालयमै भेट्ने जवाफ दिएको स्रोतको भनाई छ ।
सभापति देउवा आज पार्टी कार्यालय जाने र भेलालाई संवोधन गर्ने तयारी भइरहेको एक केन्द्रीय सदस्यले बताएका छन् । तर देउवा निकट केही नेता भने असन्तुष्ट पक्षले बोलाएको भेलामा पार्टी सभापति जाँदा कमजोर भएको सन्देश जाने भन्दै अलगै भेट गर्न सुझाव दिएका छन् । त्यसैले सभापति निवासमा बोलाएर भेट्नु अर्थपूर्ण हुने पक्षमा छन् । खासगरी बालकृष्ण खाँड, रमेश लेखक, मोहन बस्नेतहरु भने यस्तो धारणा राख्नेमा रहेका छन् ।
तर उपसभापति निधि भने समग्र पार्टी एकताको सन्देश दिन भएपनि पार्टी भेला भएका जिल्ला सभापतिहरुसँग पार्टी कार्यालयमै भेट गर्नु उपयुक्त हुने पक्षमा रहेका छन् ।
तर जे भएपनि सभापति देउवा भने अब लामो विवाद गरेर जाँदा आफूलाई घाटा पुग्ने निश्कर्षमा पुगेका छन् । असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले आगामी महाधिवेशनमा एकजना मात्र उमेदवार बन्न पौडेल र सिटौला पक्षलाई दवाव दिन थालेका छन् । असन्तुष्ट पक्षबाट एकजना मात्र उमेदवार हुने अवस्था आयो भने देउवासमेत संकटमा पर्न सक्ने अवस्था रहेको बुझाई छ । त्यसैले देउवा पक्षले विभिन्न गुटलाई चलायमान गर्न सक्दो प्रयास गर्दै आएको छ ।
चार वर्ष अघिको १३ औं महाधिवेशमा देउवाले कोइराला विरासतबाट पार्टीलाई मुक्त गरेको भन्दै गर्व गरेका थिए । साथै , अब कुनै गुटको राजनीतिलाई आफूले नस्वीकार्ने सार्वजनिक भाषण नै गरे । तर निर्वाचित भए लगत्तै उनले गुटबन्दीलाई थप मजबुत बनाए । सिटौला समूहलाई बलियो बनाउन सक्दा पौडेल कमजोेर हुने उनको ठम्याई थियो । त्यसैले पार्टीमा र सरकारमा समेत उनले गुटका आधारमा अवसर दिन थाले ।
पार्टी सभापतिले निर्वाचन लगत्तै आफू गुटबन्दीबाट अगल रहेको सन्देश दिने गरी निर्णय गरेको भए आज यो अवस्था आउने नै थिएन :– युवा नेता गगन थापाले भनेका छन् । बरु गुट बलियो बनाउँदा नै आफू सुरक्षित हुने सोच सभापतिमा बलियो भएर देखा प¥यो :– थापा भन्छन् ।
अब पनि सबैलाई समेटेर जाने बाचा गर्ने हो भने सभापतिलाई विश्वास गर्ने ठाउँ छ भन्दै उनले भने :– अब १४ औं महाधिवेशन सम्पन्न गर्न सबैको सल्लाहले नयाँ कार्यतालिका बनाउँ र सबै नियुक्ति गर्न उहाँलाई नै छाडि दिऔं ।
तर देउवालाई एकलौटी गर्न दिने हो भने पार्टी अर्काे भड्कालोमा जाकिने त्राश रहेको अर्का केन्द्रीय सदस्यले बताए । पूर्व निर्णय सच्याएर जाने हो भने मात्र संस्थापन पक्षसँग छलफल गर्न सकिने पनि उनले स्पष्ट गरे । संभवतः आज साँझसम्म पूर्व निर्णय सच्याउने धारणा संस्थापन पक्षबाट आउने पनि उनले अनुमान गरेका छन् । १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न र क्रृयाशील सदस्यतासम्वन्धी विधानको धारा निलम्बनको विषयमा लचक भएको सन्देश वरिष्ठ नेता पौडेललाई दिइसकिएको छ ।
स्रोतका अनुसार, उपसभापति निधिले यस्तो सन्देश नेता पौडेललाई आज बिहान दिएका हुन् । तर पौडेलले भने यसबारे जिल्ला सभापतिहरुसँग छलफल गर्ने जानकारी दिएका थिए । साथै, विभागको संख्या बढाउने सम्वन्धमा गरिएको पूर्वनिर्णय समेत आफूहरुलाई अमान्य रहेको पौडेलले बताएका थिए ।
केन्द्रीय सदस्य गुरु घिमिरे भने तरुण दल र नेपाल विद्यार्थी संघका सन्दर्भमा समेत प्याकेजमा नै नयाँ सहमति भयो भने मात्र गाँढो फुक्ने अन्यथा समस्या समाधान हुन नसक्ने धारणा राख्छन् । तरुण दलको म्याद आफूखुसी ६ महिना बढाउने र नेविसंघमा आफू अनुकुल नेता मात्र राख्ने निर्णय मान्न सकिन्न :– घिमिरे भन्छन् ।
शीर्ष नेताहरुले कुनै निकास दिन नसकेका बेला युवा नेताको सकृयताले यस्तो वातावरण तयार भएको हो । समस्याको हल खोज्न उपसभापति निधि लगायत संस्थापन पक्षबाट एनपी साउद र विश्वप्रकाश शर्मा बढी खटिएका थिए ।
यस्तै असन्तुष्ट पक्षबाट गगन थापा, प्रदीप पौडेल, गोविन्द भट्टराई र गुरु घिमिरेको दौडधूप धेरै थियो । यी नेताहरुले आज पनि सभापति देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । नेता घिमिरेका अनुसार, सभापति देउवा समक्ष प्रष्ट कुरा राख्ने र सहमतिको विन्दू पहिल्याउने तयारी भएको छ । देउवा स्वयं सकारात्मक रहेको सन्देश पाएका छौं, त्यसैले अब भने एकताको बलियो सन्देश जाने कुरामा आशावादी छौ :– घिमिरे भन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २३, २०८१ आइतबार
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आज अति भारी वर्षा हुने
असार २३, २०८१ आइतबार
सेती नदीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा
असार २३, २०८१ आइतबार
इङल्याण्ड युरोकपको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार