महानगर कप भलिबल : ललितपुर र चन्द्रागिरि उपाधिका लागि भिड्ने
नेपालबहस संवाददाता
पुस २४, २०७६ बिहिबार १४:३७:४१
२४ पुस काठमाडौं । यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३–० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनल खेलमा ललितपुरले गोकर्णेश्वरलाई २५–१३, २५–१३ र २५–१६ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा चन्द्रागिरिले विदुरलाई २५–१४, २५–१३ र २५–१६ अङ्कले पराजित गरी फाइनलमा पुगेको हो ।
यस्तै महिला भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा गोकर्णेश्वर ३–१ सेटले विजयी भयो । गोकर्णेश्वरले सो खेल २३–२५, २५–१५, २५–१० र २५–१७ अङ्कले हराएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिए ।
यसैगरी पुरुष भलिबलतर्फ चौतारा नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र कमलामाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा चौताराले बनेपा नगरपालिकालाई २३–१९, २५–१७ र २५–२१ अङ्कले हराउँदै सेमिफाइनको यात्रा तय गरेको हो ।
यस्तै महालक्ष्मीले गोकर्णेश्वरलाई २२–२५, २३–२५, २५–१९, २५–२१ र १५–१२ अङ्कले पराजित गरी अन्तिम चारका लागि स्थान पक्का गरेको हो । अर्को क्वाटरफाइनलमा आयोजक ललितपुर महानगरपालिकाले कागेश्वरीलाई २२–२५, २५–२०, २५–१६ तथा २५–१३ अङ्कले हराएर सेमिफाइनल पुगेको हो ।
अन्तिम क्वाटरफाइनलमा कमलामाईले पनौती नगरपालिकालाई २५–१८, २५–२० र २६–२४ अङ्कले हराएर सेमिफाइनल प्रवेश गरेको संयोजक बज्राचार्यले बताए । चौतारा र महालक्ष्मीबीच तथा ललितपुर र कमलामाईबीच आज सेमिफाइनल खेल हुनेछ ।
ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी छन् । पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार