एमसीसीमार्फत नेपालमा अमेरिकी सेनाको प्रवेश ! ओलीलाई सकस
नेपालबहस संवाददाता
पुस २४, २०७६ बिहिबार १९:२०:२३
सबै सन्दर्भमा सहमति जुट्न सहज छैन– स्रोत भन्छ जबसम्म एमसीसी बारे टुंगो लाग्दैन तबसम्म सभामुखको विषय पनि तन्किरहने छ । नेम्बाङ सभामुख भएको अवस्थामा मात्रै एमसीसी पारित हुने बलियो संभावना रहने देखिएको छ ।
२४ पुष, काठमाडौं । बहुचर्चित अमेरिकन मिलेनियम च्यालेञ्ज कर्पाेरेशन सत्ताधारी नेपाल कम्युुनिष्टका लागि मुखमा हालेको तातो पिंडालु बनेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली र उनका केही सहयोगी मन्त्री बाहेक अधिकांश नेता यसको विपक्षमा देखिएका छन् । एमसीसी इण्डो प्यासिफिक रणनीतिकै अंगको रुपमा आएको भनाई स्वयं अमेरिकी राजदूतले समेत स्वीकार्दासमेत केही मन्त्री भने त्यसको खण्डन गरिरहेका छन् ।
चालु संसद् अधिवेशनले यसबारे टुंग्याउनुपर्ने भएकाले नेकपा भित्र यो विषय ज्यादै महत्वपूर्ण देखापरेको छ । गत महिना सम्पन्न पार्टी पोलिटव्यूरो बैठकमा यसबारे व्यापक विरोध भएपछि टुंगो लगाउन सचिवालय बैठकलाई जिम्मेवारी दिइएको थियो । सचिवालय भित्र समेत एमसीसीलाई लिएर दुईखाले धारणा कायमै छ । अझ विपक्षमा नै अधिकांश सदस्य रहेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र महासचिव विष्णुप्रसाद पौडेल बाहेक प्राय : सबै एमसीसी अनुमोदनको विपक्षमा रहेका छन् । यसलाई बल प्रदान गर्न हिजो साँझ पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा सचिवालय सदस्यहरु भेला भएका थिए ।
विगतमा निवर्तमान सभामुख कृष्णबहादुर महराले नै एमसीसी पारित गर्न आनाकानी गरेका थिए । उनले आनाकानी गरेपछि प्रधानमन्त्री ओलीले असन्तुष्टी जनाएका हुन् । स्रोत भन्छ :– महरा प्रकरणको अन्तर्य नै एमसीसीसँग जोडिएको छ । प्रधानमन्त्रीले भनेको समेत अटेरी गरेकाले नेम्बाङको डिजाइनमा महरालाई यौन प्रकरणमा फसाइएको हो – स्रोतको दावी छ ।
ओलीका दुई विश्वास पात्र महासचिव पौडेल र उपप्रधानमन्त्री ईश्वर पोख्रेल बाहेक सबैजना सदस्य सो भेलामा उपस्थित थिए ।
भेलामा नेता भीम रावलको समेत सहभागिता थियो । रावलले एमसीसीको अवस्था र अमेरिकी चाहनाबारे भेलामा बेलिविस्तार लगाएका थिए ।
नेता रावलले एमसीसी पारित गर्न संसद्मा प्रस्ताव लैजानै नहुने धारणा राखेको स्रोतको दावी छ । उनको भनाईमा एमसीसी पारित भयो भने नेपालमा नजानिंदो रुपमा अमेरिकी सेनाको प्रवेश हुने छ । यस परियोजना अन्तर्गत निर्माण गरिने सडक र विद्युतीय लाइनको सुरक्षाका नाममा अमेरिकी सेनाको प्रवेश नेपालमा हुने खतरा पनि उनले औंल्याएका थिए ।
त्यही भएर ओलीले प्रतिनिधिसभामा सुभाषचन्द्र नेम्बाङलाई सभामुखका रुपमा ल्याउन खोजेको बुझाइ धेरैको रहेको छ । नेम्बाङलाई अमेरिकी लबीका नेकपा नेताका रुपमा चिन्ने गरिएको छ । विगतमा सभामुख बन्दै नबन्ने सार्वजनिक अभिव्यक्ति दिने गरेका नेम्बाङ अहिले भने आशक्त देखिएका छन् ।
अमेरिकी लबीको पक्षपोषण गर्न नै नेम्बाङ पुनः सभामुख बन्न राजी भएका हुन् – नेकपा स्रोतको दावी छ । त्यसैले अब नेम्बाङलाई कुनै हालतमा पनि सभामुख बनाउन नहुने पक्षमा अधिकांश सचिवालय सदस्यको धारणा विकसित भएको छ ।
विगतमा निवर्तमान सभामुख कृष्णबहादुर महराले नै एमसीसी पारित गर्न आनाकानी गरेका थिए । उनले आनाकानी गरेपछि प्रधानमन्त्री ओलीले असन्तुष्टी जनाएका हुन् । स्रोत भन्छ :– महरा प्रकरणको अन्तर्य नै एमसीसीसँग जोडिएको छ । प्रधानमन्त्रीले भनेको समेत अटेरी गरेकाले नेम्बाङको डिजाइनमा महरालाई यौन प्रकरणमा फसाइएको हो – स्रोतको दावी छ ।
यो प्रकरण सार्वजनिक भएपछि र आफू निकट नेताहरुले दवाव दिएपछि प्रचण्ड समेत नेम्बाङलाई सभामुख बनाउन हच्किएका हुन् । एमसीसी पारित गर्ने हो भने कतिपय प्रावधानमा संशोधन गरिनु पर्ने राय नेता रावलले प्रष्ट्याएका छन् ।
तर प्रधानमन्त्री ओली भने जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा रहेको स्रोतको भनाई छ । यस सन्दर्भमा छिमेकी चीनले समेत घुमाउरो पारामा असन्तुष्टी व्यक्त गरिसकेको छ । चिनियाँ राजदूतले यसबारे टिप्पणी गर्दै विशुद्ध सहयोग भए नेपालले स्वीकार्दा कुनै आपत्ति जनाउनु पर्ने कारण नभएको बताएकी थिइन् ।
रावलका विचारमा यसले असंलग्न परराष्ट्र नीतिको भावना विथोल्ने मात्र होइन चीनसँगको सम्वन्धमा समेत दरार ल्याउने उनको ठम्याइ रहेको छ । गौतम निवासमा भएको हिजोको वैठकमा रावलले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत आएकाले सकेसम्म यसलाई खारेज नै गर्दा बेश हुने धारणा राखेको स्रोतको भनाई छ ।
उनको यो भनाई नेपाललाई परोक्ष रुपमा नस्वीकार्न दवाव नै हो भन्ने कतिपयको बुझाई रहेको छ । यो सबै सन्दर्भमा सहमति जुट्न सहज छैन– स्रोत भन्छ जबसम्म एमसीसी बारे टुंगो लाग्दैन तबसम्म सभामुखको विषय पनि तन्किरहने छ । नेम्बाङ सभामुख भएको अवस्थामा मात्रै एमसीसी पारित हुने बलियो संभावना रहने देखिएको छ ।
स्थायी कमिटीले यसबारे टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएपनि यसबारे अहिलेसम्म छलफल समेत भएको छैन । किनभने सभामुख नै यसका लागि मुख्य व्यक्ति हुने भएकाले यो विषयमा छलफल अघि नबढेको हो । बरु यो सहमति खारेज गर्दा नै नेकपालाई फाइदा पुग्ने ठम्याई अधिकांश सचिवालय सदस्यको रहेको बताइएको छ । एमसीसी नेपाल कम्युनिष्ट पार्टीलाई सिद्याउने घातक रणनीति अन्तर्गत आएको भन्ने धारणा रावलले राखेका छन् ।
रावलका विचारमा यसले असंलग्न परराष्ट्र नीतिको भावना विथोल्ने मात्र होइन चीनसँगको सम्वन्धमा समेत दरार ल्याउने उनको ठम्याइ रहेको छ । गौतम निवासमा भएको हिजोको वैठकमा रावलले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत आएकाले सकेसम्म यसलाई खारेज नै गर्दा बेश हुने धारणा राखेको स्रोतको भनाई छ । एमसीसी विरुद्ध अवधारणा बनाउन ओली इतरका नेताहरु सकारात्मक देखिएपछि यसको भविष्य नै धरापमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार