लघुवित्तका शेयरधनी मालामाल हुँदा बजारले १२०० लाई बलियो टेवा बनाएकै हो ?
आर्थिक संवाददाता
पुस २४, २०७६ बिहिबार २२:१६:५७
२४ पुष, काठमाडाैं । साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । दोश्रो बजार ३ दशमलव ५१ अंकले बढेको छ । सिभिल बैंकको २० करोड माथिको संस्थापक शेयर कारोवार भए संगै कारोवार रकम पनि वृद्धि हुँदै ८३ करोड ७० लाख पुगेको हाे । सो संस्थापक शेयरको कारोवारले गर्दा आज कारोवार रकम वृद्धि भएको तथ्यांक आएको हो ।
दोश्रो बजार परिसूचकमा ० दशमलव २९ प्रतिशतको वृद्धि देखिएको छ । दोश्रो बजार १२१३ दशमलव ११ को विन्दुमा बन्द भएको छ । आज १७७ कम्पनीका ३८ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से परिसुचकले १२०० को विन्दु तोडेपछि बजारले १२०० लाई बलियो टेवा बनाउंदै अघि बढेको देखिन्छ ।
आज लघुवित्त कम्पनीहरुको उपसुचकमा सर्वाधिक ३ दशमलव ४९ प्रतिशतको वृद्धि देखियो । आज सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा १० वटै लघुवित्त कम्पनीहरुको शेयर रहेका छन् ।
त्यस्तै निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा पनि २ दशमलव ०७ प्रतिशत को वृद्धि देखिएको छ । बजारलाई मुख्य ड्राइभ गर्ने वाणिज्य बैंकहरुको उपसूचकमा शुन्य दशमलव १३ प्रतिशतको गिरावट देखिएको छ । आज ट्रेडिङ्ग, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा उपसुचकमा मात्र वृद्धि देखिएको छ ।
बजारले उच्च विन्दु बजार १२ बजेर ४० मिनेट जाँदा समातेको थियो । बजारको आजको उच्च विन्दु १२१६ दशमलव २३ थियो । बजारले न्यून विन्दु ११ बजेर ५२ मिनेटमा समातेको थियो । आज बजारको न्यून विन्दु १२०६ दशमलव ५० रहेको छ ।
आज स्वाभिमान लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि रिलायन्स फाईनान्स रहेको छ । रिलायन्स फाईनान्सको बजार मूल्य ५ दशमलव ७३ प्रतिशतले घटेको छ ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
सिभिल बैंकको संस्थापक शेयर सर्वाधिक खरिदबिक्री भएको छ । सिभिल बैंकको २० करोड १८ लाख बराबरको संस्थापक को शेयर खरिदबिक्री भएको छ ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : १२२४ पहिलो टेवा: १२०६
- हाल नेप्से गत ६ सातादेखि बढ्दो प्रवृत्तिमा रहेको छ र आज बजारमा लगानीकर्ता अन्योल अवस्थामा रहेको देखिन्छ ।
- आजको मैनबत्तीले बजारमा उतारचढाव कम रहेको देखिन्छ ।
- दैनिकी अवधिमा “आरएसआई” ७३ दशमलब ८५ को बिन्दुमा छ । आरएसआईले बजारमा बढी खरिद भएको जनाएको छ ।
- “एडिएक्स”ले खरिदकर्ताको हालसम्म चाप रहेको जानकारी गराएको छ ।
- नेप्सेको प्रवृत्तिलाई “अन ब्यालेन्स भल्यूम” ले समर्थन गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १२२४ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२०६ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार