गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
पुस २४, २०७६ शुक्रबार १:३४:११
२४ पुष, काठमाडौं । विभिन्न प्रकारले धाकधम्की दिई गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेलबाट २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाग्लुङ् ढोरपाटन नगरपलिका-६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय देवेन्द्रबहादुर घर्तिमगर र धादिङ निलकण्ठ नगरपालिका-३ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय सुजन पौडेल रहेका छन् । हातहतियार देखाउने तथा धाकधम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्य गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले २०६४ सालमा दुई व्यक्तिलाई गोली प्रहार गरी घाईते बनाएकोमा ज्यान मार्ने उद्योगमा ४ बर्ष जेल सजाय र २०७१ सालमा एक व्यक्तिलाई खुकुरी प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योगमा २०७३ सालमा धादिङमा ७ महिना र नुवाकोटमा ४ महिना सजाय भोगेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
सूर्यविनायक धुलिखेल सडक यसरी बन्दै छन् छ लेनको
माघ १९, २०८१ शनिबार
'जीवन, माया र हेरचाह' नाराका साथ भृकुटीमण्डपमा परिवार र बेबी एक्स्पो २०२५
माघ १९, २०८१ शनिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने
माघ १९, २०८१ शनिबार