वाणिज्य मन्त्री भट्टलाई भारतको दह्रो झापड, नेपालको पाम आयाल भारतमा निषेधित
इन्द्र रिजाल
पुस २४, २०७६ शुक्रबार २:३९:४१
२४ पुष, काठमाडौं । भन्सार विभागले हालै प्रकाशित गरेको नेपालको व्यापारको पाँच वर्षको तथ्यांकमा पाम तेलको निर्यात ७५६ प्रतिशतले वृद्धि भई करिब ११ अर्ब ५६ करोड पुग्दा वाणिज्य मन्त्रालयका मानिसहरु भुई र भाडाँका भएर दुध उम्ले झैं उम्लीरहेका थिए ।
उनीहरु हाम्रा पुरुषार्थले नेपालको निर्यात २७ प्रतिशतले बढेको र नेपालको निर्यातयोग्य वस्तुमा पामतेल समेत थपिएको भनेर गुड्डी हाँकीरहेका थिए । तर हालै आएर भारत सरकारले नेपाल लगायत विश्वभरबाट पाम तेल आयातलाई निषेधित सुची (Resctricted List) मा सूचीकृत गरेपछि भर्खरै नियुक्त उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टलाई यो विषय तातो पिडालु भएको छ । व्यापार वार्ताको कुनै अनुभव नभएका कर्मचारीहरुबाट घेरिएका मन्त्री भट्ट यो समस्याबाट कसरी उन्मुक्ति पाउने भन्नेमा रनभुल्लमा परेका छन् ।
भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि सो समाचार डढेलो सरह फैलियो । पामतेलको बारेमा समाचार संकलन गर्न पुगेका यस सम्वाददाताले आज दिनभरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक किसिमको आतंकको वातावरण सिर्जना भएको सहजै अनुभव गरेको थियो । तर सबै उपायविहीन भएर भौतारिरहेका थिए । उनीहरु कतैबाट आकाशवाणी भए जसरी उपाय सुझाव गरिदिने व्यक्तिको आशामा थिए ।
कोही फोनमा व्यस्त थिए, फोनमा पनि पाम तेलकै बारेमा जिज्ञासाहरु आईरहेको प्रष्ट बुझिन्थ्यो । भारतको भन्सार कानुन र आयात निर्यात कानुनको कुनै ज्ञान नभएका वाणिज्यतर्फका उच्चपदस्थहरु अब के गर्ने भन्नेमा रणभुल्लमा परिरहेका थिए । मेरा कारणले भारतमा पाम तेल निर्यात भएको भनी प्रचारप्रसार गरिरहेका वाणिज्य मन्त्रालयका एकजना उपसचिवको अनुहार आज हेर्नं लायक थियो ।
साफ्टाको प्रावधान बमोजिम नेपाली व्यापारीहरुले मनग्गे मूल्यजोड गरी भारतमा निर्यात गरिरहेको पाम तेललाई नेपाल सरकारले समयमै पहलकदमी लिन नसक्दा यो अवस्था सिर्जना भएको हो । नेपालको व्यापार क्षेत्रका विज्ञहरुले पाम तेलमा भारतबाट कुनै समयमा पनि अवरोध सिर्जना हुने पूर्व सूचना वाणिज्य मन्त्रालयका उच्चपदस्थहरुलाई दिएका थिए ।
तर वाणिज्य मन्त्रालयका उच्चपदस्थहरुले यस विषयमा वाणिज्य मन्त्री भट्टलाई गुमराहमा राखेको पनि सूत्रलाई जानकारी प्राप्त भएको छ । साफ्टा सुविधा अन्तर्गत निर्यात भएको हुँदा यसमा भारतले कुनै अवरोध गर्न नसक्ने भनी उनीहरु यस विषयलाई हल्का रुपमा लिईरहेका थिए ।
यही पुष २२ गते मंगलबार नेपाल निर्यात परिषदको साधारणसभा उद्घाटन गर्न पुगेका अर्थमन्त्री युवराज खतिवडाले पाम तेल निर्यातको मुक्तकण्ठले प्रशंसा गर्दै यस्ता थप वस्तुहरु निर्यात बाँस्केटमा आउनुपर्ने जानकारी गराएका थिए । तर उनले बोलेको ४ घण्टा नपुग्दै भारतले पामतेलको आयातमा निषेध गरेको सूचना प्रकाशित भएको छ ।
यसबाट नेपालको टे«ड इन्टिेलिजेन्स कति कमजोर रहेछ भन्ने पनि पुष्टि हुन्छ । नेपालको निर्यातले रु १०० अर्बको आँकडा यसपाली काट्छ भन्ने अर्थमन्त्री खतिवडालाई पनि भारतको यो निर्णयले ठूलै झापड दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार