होङ्गवान्जी न्यू डाइमण्ड कप भलिबल : पुलिस र डायमण्ड सेमिफाइनलमा
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार १६:२२:१३
२५ पुस काठमाडौं । नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० सेटले पराजित गरेको हो ।
पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० अङ्कको जित निकाल्यो । यस्तै डायमण्डले पनि ढोरपाटन क्लबलाई २५–५, २५–१२ र २५–११ अङ्कले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । पुलिस र डायमण्डबीचको आज हुने खेलले समूह ‘बी’ को विजेताको टुङ्गो लाग्ने छ । यस्तै बिहीबार समूह ए मा रहेको त्रिभुवन आर्मी क्लब र पोखरा टप्स माविबीच भएको खेलमा आर्मी ३–० सेटले विजयी भयो । आर्मीले पोखरा टप्सलाई २५–१३, २५–१६ र २५–७ अङ्कले हरायो । आर्मी र एपीएफबीचको खेल भने वर्षाका कारण हुन सकेन् ।
पुलिस क्लब र न्यू डायमन्डबीच तथा पारामाउण्ट र एपीएफ क्लबबीच आज खेल हुने आयोजक संस्थाले जनाएको छ । अर्को खेल आर्मी र पारामाउण्टबीच हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा एपीएफ, पोखरा टप्स, त्रिभुवन आर्मी क्लब र पारा माउन्ड तथा समूह ‘बी’मा आयोजक न्यू डायमण्ड, ढोरपाटन क्लब र नेपाल पुलिस क्लब छन् । विजेता टोलीले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार