कोशी टप्पुमा चराको यथार्थ तथ्याङ्क लिन शुरु
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार २०:६:५७
२५ पुस इनरुवा । चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना शुरु भएको हो । आरक्षमा पाइने चराको यथार्थ तथ्याङ्क लिन चरा गणना शुरु भएको कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
चरा गणनाका लागि माइनोकुलर, स्पोट्रिङग स्कोप, डेटा सिट, कम्पास, जिपीएसलगायतका उपकरण प्रयोग गर्ने आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । आरक्षमा चरा गणना गर्न सातदेखि १० दिनसम्म लाग्ने उनले बताए। आरक्षमा तीन वटा क्षेत्र निर्धारण गरेर चरा गणना गर्न शुरु गरेको संरक्षण अधिकृत चौधरीले बताए।
आरक्षमा घाँसे मैदान, सिमसार क्षेत्र र नदी तटीय क्षेत्रमा पाइने चराको गणना गरिने कार्यक्रम रहेको उनले बताए । आरक्षमा पहिलो चरणमा घाँसे मैदानमा देखिने चराको गणना गरिने, दोस्रो चरणमा सिमसार क्षेत्रमा पाइने र तेस्रो चरणमा नदी तटीय क्षेत्रमा पाइन चराको गणना गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो ।
चरा गणनाका लागि सात जनाको टोली परिचालित भएको छ । आरक्षमा प्रत्येक वर्ष हिउँदे चरा गणना गर्ने गरेको चौधरीको भनाइ छ । आरक्षमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिका चरा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार