संसदीय दलको निर्णय : प्रदेश ३ काे नाम बाग्मती, राजधानी हेटौंडा
नेपालबहस संवाददाता
पुस २५, २०७६ शनिबार ०:१९:२९
२५ पुष, हेटौंडा । अन्ततः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ को आज बसेको संसदीय दलको बैठकले राजधानी हेटौंडा र नाम बाग्मती राख्न सहमति जनाएको छ ।
मुख्य मन्त्री डोरमणि पौडेलको हेटौंडास्थित निवासमा बसेको संसदीय दलका बैठकले पार्टी सचिवाल बैठकले दिएको निर्देशन बमोजिम प्रदेशको नाम र राजधानी टुँग्याएको हो ।
सत्ताधारी दलकै साँसद्हरुबाट सचिवालय निर्देशको व्यापक आलोचना भएको थियो । केही सांसद्हरुले पार्टी हाइकमाण्डको निर्देशन अबज्ञा गर्ने र मतदानका बेला फ्लोर क्रस गर्नेसम्मको अभिव्यक्ति दिएका थिए ।
त्यसले पार्टी निर्णयको भविष्यबारे विभिन्न आँकलन गरिएको थियो । सांसद्हरुले अटेर गर्ने संकेत गरेपछि मुख्यमन्त्री पौडेल लगायत प्रमुख नेताहरु पुनः शीर्ष नेतासँग भेट गर्न आएका थिए ।
तर अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्व निर्णय कार्यान्वयन गर्न निर्दशन दिएका थिए । त्यसपछि पार्टी निर्णय कार्यान्वयन गर्न ह्विप लगाउने तयारी गरिएको थियो ।
आजको बैठकमा मुख्य मन्त्री पौडेलका साथै नेतृ अष्टलक्ष्मी शाक्यले परिस्थितिबारे ब्रिफिङ गरेपछि सांसद्हरु सहमत भएका हुन् । प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन यही पुस २७ गते प्रदेश सभाको वैठक डाकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाइने, एडीबीको पौने २३ अर्ब ऋण स्वीकृत
असोज ४, २०८१ शुक्रबार
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार