महानगरपालिकाका प्रमुख शाक्य मेयर पनि, संसदीय दलको नेता पनि !
नेपालबहस संवाददाता
पुस २५, २०७६ शनिबार १:१८:१६
२५ पुष, काठमाडौं । विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाका मेयर मात्र होइनन्, उनी नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता पनि बनेका छन् । नेकपा–काठमाडौं महानगर कमिटीले शाक्यलाई संसदीय दलको नेताको पनि जिम्मेवारी दिएको हो ।
पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार कमिटीको उपनेतामा वडा नं ३ का अध्यक्ष दीपक केसी, प्रमुख सचेतकमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र सचेतकमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीलाई जिम्मेवारी दिइएको हो । नेकपाले आगामी दिनमा २७ सदस्यीय नयाँ समिति (बोर्ड) गठन गर्ने छ ।
कमिटीका इन्चार्ज जीवनराम श्रेष्ठले महानगर कमिटी आफँै जिल्ला कमिटी भएकाले स्थानीय सरकारलाई जनउत्तरदायी बनाई सुशासन कायम गर्न उक्त दल गठन गरिएको बताए । निर्वाचन क्षेत्र नं ८ का सांसदसमेत रहेका श्रेष्ठले महानगरको विकास तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन यो नेतृत्वले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा समेत रहेका श्रेष्ठले महानगर विभिन्न कला, संस्कृति र सम्पदाले भरिएकाले पर्यटकलाई आकर्षित गर्न सकेमा सरकारले हालै प्रारम्भ गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाइने, एडीबीको पौने २३ अर्ब ऋण स्वीकृत
असोज ४, २०८१ शुक्रबार
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार