१० पास नगरे नेपालमा रेल चलाउन नपाइने
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार १४:३७:५
२७ पुस काठमाडौं । नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको छ।
हाल राष्ट्रिय सभामा दर्ता भई छलफलमा रहेको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह ‘दश जोड दुई’ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।
विधेयकको दफा २३ उपदफा १ को ‘क’ मा कम्तीमा माध्यमिक तह ‘दश जोड दुई’ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच बर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ।
रेल चालकको हकमा २५ बर्ष र सहचालकको हकमा २० बर्ष उमेर नपुगेको र पचास बर्ष उमेर पूरा भएको व्यक्तिले पनि अनुमतिपत्र प्राप्त गर्न सक्ने छैनन्, यो खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार