प्रदेश ३ को राजधानी : धुलिखेल राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले अस्वीकृत, आजबाट नाम बाग्मती र केन्द्र हेटौंडा कायम
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार १८:२:५४
२७ पुष, हेटौँडा । कांग्रेस र नेकपाको ह्वीप पछि आजबाट प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनेको छ । दुई तिहाइ बहुमतले पारित प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच एकमत देखिएका थिए ।
ती दलको आज विहान यहाँ बसेको संसदीय दलको अलग अलग बैठकले राजधानी हेटौँडा र नाम वाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीप समेत जारी गरेको थियो । प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ हेटौंडा राजधानी राख्ने प्रस्ताव पारित गरेको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरेका हुन्। हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको छ भने विपक्षमा तीन मत छ । प्रदेशसभामा एक सय १० सांसद भए पनि बैठकमा एक सय आठ सांसद मात्रै उपस्थित भएका थिए।
प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र कांग्रेसले ह्वीप जारी गरेका हुन् । सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत गर्यो । नेकपा प्रदेश नं ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार