चिसो बढेपछि मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरे
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार १८:१०:५०
२७ पुस दमौली । मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो ।
जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४२ विद्यार्थीलाई शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ । पुस १६ गतेदेखि फागुन १७ ९जनवरी र फेबु्रअरी० गतेसम्म उक्त विद्यालयका विद्यार्थी क्याम्पभित्रै बसेर अध्ययन गर्ने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोन्फेल विष्टले जानकारी दिए ।
पुसदेखि फागुनसम्म उक्त ठाउँमा अत्यधिक चिसो हुने भएकाले विद्यार्थीको भविष्य बिग्रन नदिने उद्देश्यले गाउँपालिकाले नै अध्ययनको व्यवस्था मिलाएको उनले जानकारी दिए । “चिसोले यहाँको तापक्रम माइनस २० देखि ३० डिग्रीसम्म पुग्छ, त्यसबेला त्यहाँ बस्नै सकिँदैन”, उनले भने, “यो समयमा यहाँका विद्यार्थीलाई शुक्लागण्डकीस्थित विद्यालयमा पढ्ने व्यवस्थापन मिलाएका छौँ ।”
उनका अनुसार जनज्योति आधारभूत विद्यालयका ८१ र घर्मी सोलर आधारभूत विद्यालयका ६१ विद्यार्थीलाई बस्ने र खाने खर्चको व्यवस्था गाउँपालिकाले नै मिलाएको छ । “गाउँपालिकाले गत वर्षदेखि दुई महिनाका लागि विद्यार्थीलाई पढाउन तनहुँ ल्याउने व्यवस्था मिलाएको हो”, अध्यक्ष विष्टले भने, “दुई महिनापछि पुनः विद्यार्थी मुस्ताङ नै फर्किन्छन् ।”
सो गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनः विद्यार्थी आ–आफ्नो विद्यालयमा नै अध्ययन गर्नेछन् । विष्टका अनुसार वैशाखदेखि भने उक्त ठाउँमा मौसम अनुकूल रहने गर्दछ । विद्यार्थीलाई पढाउन शिक्षक पनि मुस्ताङबाटै आएका छन् ।
शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा बिदा भएका कारण मुस्ताङबाट आएका विद्यार्थी अध्ययन गरिरहेको क्याम्पका प्रमुख छेङ्तिङले जानकारी दिए । विद्यालयमा शुक्लागण्डकीका ६४ विद्यार्थी अध्ययनरत छन् । “हाम्रो विद्यालयमा अहिले जाडो बिदा भएका कारण मुस्ताङका विद्यार्थीलाई पढ्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार