बजार सकारात्मक गतिमा, बजारमा हरियाली आउनुको यस्तो छ कारण ?
आर्थिक संवाददाता
पुस २७, २०७६ आइतबार २२:४६:३४
२७ पुष, काठमाडाैं । शेयर लगानीकर्ताहरुसँग लगानी गर्ने तरलता वृद्धि भएसंगै आज साताको पहिलो कारोवार दिन बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचकमा ४२ दशमलव ६१ अंकको वृद्धि देखिएको छ । बजार परिसूचक नेप्से आज ३ दशमवल ५१ प्रतिशतले वृद्धि भएको छ । बजार १२५५ दशमवल ७२ को विन्दुमा बन्द भएको छ ।
कारोवार रकम पनि आकर्षक वृद्धि हुँदै १ अर्ब ३३ करोड पुगेको छ । आज १७९ कम्पनीका ३८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यसपटक कम्पनीहरुले निकै छिटो र केही कम्पनीले साधारणसभाकै दिन नगद लाभांश प्रदान गरेकाले लगानीकर्तासँग केही तरल रकम आएको अनुमान लगाउन सकिन्छ । त्यस्तै तरलता सहज भएको र कर्जाको व्याज घटेको समाचारसँगै पनि बजारमा लगानीकर्ताहरु आकर्षित भएका छन् ।
आज सबै उपसुचकमा वृद्धि देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक ८ दशमलव १७ प्रतिशतको वृद्धि देखिको छ भने दोश्रोमा जीवन बीमा कम्पनीहरुको उपसुचकमा ६ दशमलव ८६ प्रतिशतको वृद्धि देखिएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकहरुको उपसुचकमा २ दशमलव ५२ प्रतिशतको वृद्धि देखिएको छ ।
आज बजार खुलेबाट नै घट्न मानेको थिएन । आज बजारको खुला विन्दु र न्यून विन्दु एकै रहेको छ । त्यस्तै आज बजार ईण्ट्राडे हाईमा बन्द भएको छ । आज बजारको उच्च विन्दु र बन्द विन्दु १२५५ दशमलव ७२ रहेको छ । कारोवार रकम पनि बढेको, खुला विन्दु र न्यून विन्दु पनि एकै रहेको र बजार ईण्ट्राडे हाईमा बन्द हुनुलाई सकारात्मक प्रवृत्तिको रुपमा लिन सकिन्छ । यसले लगानीकर्ताको मनोबल बलियो छ भन्दा फरक पर्दैन । त्यस्तै आज बजारको ईण्ट्राडे चार्ट पनि बुलिस प्रवृत्तिको रहेको छ ।
प्रभु इन्स्योरेन्स, सूर्या लाईफ, नेपाल इन्स्योरेन्स, आरएमडीसी, प्रिमियर इन्स्योरेन्स, मेरो माईक्रोफाईनान्स र सिद्धार्थ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ भने माउण्टेन हाईड्रो नेपालको शेयर मूल्य सर्वाधिक २ दशमलव १५ प्रतिशतले घटेको छ । कारोवार रकमलाई आधार मान्दा नेपाल लाईफको सर्वाधिक ५ करोड ८८ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्राविधिक विस्लेषण :
पहिलो प्रतिरोध : १२८५ पहिलो टेवा : १२२५
- हाल नेप्से गत ७ सातादेखि बढ्दो प्रवृत्तिमा रहेको छ र आज बजार अघिल्लो कारोबार दिनभन्दा ३ दशमलब ५१ प्रतिशतले बृद्धि भएको छ ।
- आजको मैनबत्तीले “बुलिस मारुबोजु” को चित्र बनाएको छ । यसले अर्को दिन पनि बजार बढ्न सक्ने जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ८२ दशमलब २६ को बिन्दुमा छ । आरएसआईले बजारमा बढी खरिद भएको जनाएको छ ।
- “एडिएक्स” र जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले खरिदकर्ताको चाप रहेको जानकारी गराएको छ ।
- नेप्सेको प्रवृत्तिलाई “अन ब्यालेन्स भल्यूम” ले समर्थन गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १२८५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२२५ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार