४ वर्षदेखि अलपत्र चाबहिल–साँखु सडककाे कन्तबिजाेग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार २३:२६:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/chabahil-jorpati_3GW215ot5U.jpg)
२७ पुष, काठमाडाैं । विगतका वर्षमा झैं यस वर्ष पनि शालीनदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ । मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्र नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अहिले थली, सलम्बुटार नजिक र वाग्मती पुल नजिक गरी तीन स्थानमा समस्या रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।
स्थानीयवासीको अवरोधका कारण ठेकेदारले काम गर्न नपाएको थली र सलम्बुटारमा तत्काल सडक कालोपत्र गर्न नसकिए पनि ग्राभेल गर्न आयोजनाले भनेको छ । उनले भने, “ठेकेदारले अवरोध गरिरहँदा किन कालोपत्र गर्ने भने पनि हामीले ठेकेदारलाई सम्झाएर कालोपत्र गर्न भनिरहेका छौँ ।”
चारवर्ष पहिले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । झण्डै १० किमी सडकमध्ये पाँच किमी कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्र गर्न बाँकी सडकमध्ये पनि झण्डै डेढ किमी सडकमा समस्या रहेको इञ्जिनीयर श्रेष्ठले बताए। उनले भने, “पूरै सडक केही दिनभित्रै खाल्डारहित हुनेछ ।”
चावहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै
मापदण्डानुसार सडक चौडा भइरहेको छ । चौडाइ मापदण्डानुसार कायम भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग, वर्षाको पानी जम्मा हुने ढललगायतका पूर्वाधारको निर्माण भइरहेको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गतवर्ष मन्त्रिपरिषद्ले गरेको निर्णयकै आधारमा काम अघि बढाउँदा सबै स्थानमा मापदण्डानुसार सडक निर्माण हुन नसकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार