दोश्रो बजारमा करेक्सन देखियो, हेरौं आजको बजार विश्लेषण ( प्राविधिक विश्लेषणसहित )
आर्थिक संवाददाता
पुस २९, २०७६ मंगलबार २२:२४:२५
२९ पुष, काठमाडाैं । निरन्तर ३ दिनदेखि आक्रामक रुपमा वृद्धि भएको शेयरबजारमा आज भने करेक्सन देखिएको छ । आज नेप्से परिसूचकमा ७ दशमलव ४८ अंकको गिरावट देखिएको छ । बजार परिसूचक नेप्से ० दशमवल ५९ प्रतिशतले घटेको छ । बजार १२६३ दशमवल ३८ को विन्दुमा बन्द भएको छ । निकै आक्रामक रुपमा वृद्धि भएको बजारमा आज केही घट्नुलाई विश्लेषकले सामान्य रुपमा लिएका छन् ।
कारोवार रकम पनि कम हुँदाहुँदै १ अर्ब २ करोड पुगेको छ । आज १८३ कम्पनीका ३७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोवार रकम मध्य प्रभु बैंकको ११ करोड ४३ लाख बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । यसको आधारमा हिजोको तुलनामा कारोवार रकम निकै घटेको देखिन्छ । करेक्सनको समय कारोवार रकम घट्नुलाई त्यति नराम्रो मानिदैन ।
आज ट्रेडिङ्ग कम्पनीको उपसुचकमा सर्वाधिक ९ दशमलव १५ प्रतिशतको वृद्धि देखिएको छ । आज ट्रेडिङ्ग, होटल, विकास बैंक, फाइनान्स र अन्य उपसुचकमा मात्र वृद्धि देखिएको छ । आज बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा शुन्य दशमलव ९२ प्रतिशतको गिरावट देखिएको छ ।
आज बजारको शुरुवाती चरणमा निकै राम्रो उतारचढाव देखिएको थियो । आज बजारले ११ बजेर ७ मिनेटमा उच्च विन्दु समातेको थियो बिहान ११ बजेर २७ मिनेटमा बजारले न्यून विन्दु समातेको थियो । आज बजारको उच्च विन्दु १२७४ दशमलव ८७ थियो भने न्यून विन्दु १२५४ दशमलव ३० रहेको छ ।
रैरांग हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएकोमा दिव्याश्वोरी हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक ८ दशमलव ६२ प्रतिशतले घटेको छ । आज प्रभु बैंकको सस्थापक शेयर सर्वाधिक खरिदबिक्री भएको छ । प्रभु बैंकको एक्लै ११ करोड ४३ लाख बराबरको सस्थापक शेयर खरिदबिक्री भएको छ ।
प्राविधिक विश्लेषण :
मुख्य प्रतिरोध : १२८५ पहिलो टेवा : १२५०
- हाल नेप्से गत सातादेखि बढ्दो प्रवृत्तिमा रहेको छ र बजार हाल केहि सच्चिरहेको देखिन्छ । अघिल्लो कारोबार दिनभन्दा ० दशमलब ५९ प्रतिशतले घटेको छ ।
- आज नेप्सेले वियरिस मैनबत्तीको चित्र बनाएको छ । यसले आज बजारमा विक्रेताको चाप रहेको जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७९ दशमलब ५६ को बिन्दुमा छ । आरएसआईले बजारमा बढी खरिद भएको जनाएको छ ।
- “एडिएक्स” ले हालसम्म खरिदकर्ताको चाप रहेको जनाएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आज विक्रेताको चाप हुन थालेको जानकारी गराएको छ ।
- नेप्सेको प्रवृत्तिलाई “अन ब्यालेन्स भल्यूम” ले समर्थन गरेको छ ।
- नेप्से बढेमा मुख्य प्रतिरोध १२८५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२५० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार