सामाजिक सुरक्षा योजना ठीक तर सरकारी र निजी क्षेत्रको विभेद हटाउनु पर्छ
नेपालबहस संवाददाता
पुस २९, २०७६ बुधबार ३:२९:२९
२९ पुष, काठमाडौ । सरकारले केही समयअघि मात्र सामाजिक सुरक्षा योजना ल्याएको छ । यसबीच अधिकांश निजी व्यावसायिक प्रतिष्ठानहरुबाट सुरक्षा योजनाका विषयमा केही विरोधहरु समेत आइरहेको सन्दर्भमा आज सञ्चारकेन्द्र नेपालले “सामाजिक सुरक्षा कोष : भ्रम र वास्तविकता” विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले सञ्चालनमा ल्याएको सञ्चार केन्द्र नेपालको हलमा आयोजना भएको कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले सामाजिक सुरक्षा ऐन संविधानको पालना भएको भएपनि केही व्यक्तिहरुले यसलाई असफल पार्न प्रयत्नशील रहेको बताए ।
सामाजिक सुरक्षासम्बन्धी करको विषयमा, धेरै तलब खाने कर्मचारीहरुको बीचमा केही अप्ठ्याराहरु रहेका भएपनि सामाजिक सुरक्षा योजना आकर्षक योजना भएको उनको दावी थियो । पछिल्लो समय विभिन्न सरकारी स्वामित्वका कार्यालय र बैंक तथा वित्तिय क्षेत्रका अधिकारीहरुले आफूँखुशी नियम बनाएर मनोमानी रकम लिँदै आएकाहरुलाई मात्र अप्ठ्यारो पर्ने भएकाले सामाजिक सुरक्षा योजनामा नजान अस्थायी र ज्यालादारी कर्मचारीहरुलाई उछालेको उनले आरोप लगाए । बिडारीले भने –‘अस्थायी र ज्यालादारी कर्मचारीहरुलाई विभिन्न डर त्रास देखाई सामाजिक सुरक्षा स्किमप्रति भ्रमपूर्ण सन्देश फैल्याउँदा त्यस्ता कर्मचारीहरु अन्योलमा परेका छन् ।’ तर उनले अस्थायी र ज्यालादारी कर्मचारीहरु समेत सामाजिक सुरक्षा योजनाको हकदार भईरहने कानुनमै स्पष्ट भएको दावी गरेका छन् ।
देशमा नयाँ स्किम आउँदा विरोध हुने भन्दै उनले भ्याट लागू हुने बेलामा समेत केही अवैध काम गर्ने उद्योगी, व्यापारीहरुले अफवाह फैल्याएका थिए भ्याटका विषयमा जस्तै केही व्यक्तिले अन्योलता फैल्याउने कोशिश गरिरहेको भएपनि सामाजिक सुरक्षा योजनासम्बन्धी योजना सामान्य मान्छेहरुका लागि ठीक भएको उनको जिकिर थियो ।
सामाजिक सुरक्षा स्किम सफल बनाउन अगाडि बढिरहेका छौं : कार्यकारी निर्देशक ज्ञवाली
कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समय बजारमा सामाजिक सुरक्षासम्बन्धी हल्लाहरु फैल्याइएकोमा आपत्ति जनाउँदै यथार्थतमा गएर आफूँहरुको आलोचना गर्न सुझाव दिएका छन् ।
उनले विश्वका शक्ति राष्ट्रहरु अमेरिका युरोपमा रहेका हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीले समेत सामाजिक सुरक्षाको फाइदाहरु लिइरहेको जनाउँदै अन्तराष्ट्रिय सामाजिक सुरक्षाको अवधारणा अनुसार नेपालमा पनि तर्जुमा गरी कानूनी रुपमा नै सामाजिक सुरक्षा कार्यक्रमलाई अघि बढाइएको बताए । विकसित मुलुकहरुमा १३० वर्ष अगाडिदेखि सामाजिक सुरक्षा योजना लागू भएको भन्दै उनले नेपालमा भर्खरै आएको सामाजिक सुरक्षा योजनाहरुमा सबैको साथ र सहयोग हुनु जरुरी भएको बताएका छन् ।
सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार वटा स्किमहरु ल्याएको छ । तर सामाजिक सुरक्षा कोषको स्किमहरु अहिलेकै अवस्थामा थेग्न सक्दैन भन्ने कुराहरु बाहिर फैल्याइएको भएपनि सामाजक सुरक्षासम्बन्धी स्किमहरु प्रभावकारी र आकर्षक रहेको उनको दाबी छ । उनले हालसम्म १ लाख ३८ श्रमिक र १२ हजारभन्दा बढी संघ सस्थाहरु समेत सामाजिक सुरक्षा कोषमा सहभागी भइसकेकोमा ठुलो मात्रामा रोजगारी सिर्जना गर्दै आएका कम्पनीहरु समेत सामाजिक सुरक्षा कोषमा सहभागी भएको दावी गरेका छन् ।
कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा कोषमा प्रशिक्षार्थी कामदारहरुसमेत कोषका सहभागी भएको जानकारी गराउँदै यसभन्दा अगाडि ३ महिनाका लागि प्रशिक्षार्थीका रुपमा कामदार राख्दै आएकोमा हाल ६ महिनाका लागि कामदार राखेर कोषमा सहभागी भएकाले सामाजिक सुरक्षा कोषका स्किमहरु आकर्षक रहेको दाबी गर्दै यसलाई सफल कार्यान्वयन गराउन आफूहरु लागि परेको बताए ।
कार्यक्रममा बैंकर्स संघका सीईओ अनिल शर्माले सामाजिक सुरक्षा कोष प्रति आफूहरुको आपत्ति नभएको भन्दै सामाजिक सुरक्षा योजना अन्र्तगत केही कन्फ्युजनहरु आफूहरुमा रहेको बताएका छन् । उनले निजी क्षेत्रको कर्मचारी र निजामति क्षेत्रका कर्मचारीबीच विभेद भएको कर्मचारी तहबाट गुनासो आएकाले सामाजिक सुरक्षा कोषलाई यस विषयमा जानकारी गराईसकेकाले कोषले छिट्टै यससम्बन्धमा निष्कर्ष निकाल्नेमा आफुँ आशावादी रहेको बताए । उनले सामाजिक सुरक्षा कोष निजी क्षेत्रका लागि नयाँ योजना भएकाले यससम्बन्धी आफुहरु गृहकार्यमा जुटेको भन्दै यससम्बन्धी आफूहरु नियमित छलफलमा रहेको बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईंले पछिल्लो समय सरकारले ल्याएको सामाजिक सुरक्षासम्बन्धी योजनाहरु समग्र श्रमिकहरुको हकहितमा भएकाले यसलाई प्रभावकारी ढँगले कार्यन्वयन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी कार्यक्रममा टेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, वरिष्ठ अधिवक्ता रमेश वडाल, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीलगायतका वक्ताहरुले आफ्नो भनाई राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार