अश्लिल भिडियो पोष्ट गरे लगतै भारत भागेका थिए रविन,,,
नेपालबहस संवाददाता
पुस २९, २०७६ बुधबार ३:३८:२६
२९ पुस काठमाडौं । सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गर्ने २१ वर्षीय रवीन रुचाल (सार्की)लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय रवीन रुचाल (सार्की)लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा रुचाल (सार्की)लाई महाशाखाको टोलीले पुस २८ गते सोमबार चितवनबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार आरोपीले प्रहरीसामु कसुर गरेको स्वीकार गरेका छन् ।
प्रारम्भिक अनुसन्धानमा भिडियो बनाएर त्यसबाट पैसा कमाउने उद्देश्य राखेको देखिएको र रुचालले चलाउने फेसबुकका मेसेजहरु हेर्दा नेटवर्क नै बनाएर काम गरिरहेको जस्तो पनि देखिएकोले अनुसन्धान गरिरहेको प्रमुख थापाले जानकारी दिए । रुचालले सो भिडियो ०७५ साल भदौ महिनामा खिचेर सामाजिक सञ्जालमा मंसिर महिनामा पोस्ट गरेका थिए भने उनी विरुद्ध ०७५ साल माघ ११ गते महाशाखामा जाहेरी परेको एसपी थापाले बताए ।
भिडियो सार्वजनिक भएपछि पक्राउ पर्ने डरले केही समय भारतमा गएर बसेको र पछि फर्किएर चितवनमा बसेको देखिएको एसएसपी थापाले बताए । पक्राउ परेका रुचालमाथि साइबर अपराध अन्तर्गत थप अनुसन्धान गरेर कारवाही अगाडि बढाइने पनि एसएसपी थापाले जानकारी दिए ।
गत वर्षको मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेको स्वीकारेका छन् ।
अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाएको अभियोगमा पक्राउ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार