नीतिगत सुधारका लागि अब पहल थाल्छौँ : इक्यान अध्यक्ष पाण्डे
नेपालबहस संवाददाता
माघ १, २०७६ बुधबार २१:२४:५४
माघ १, काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले वर्तमान समयमा शैक्षिक परामर्श दातृ संस्था सञ्चालनका लागि नीतिगतरूपमा अझै सरकार स्पष्ट भइनसकेकाले नीतिगत सुधारका लागि आफूले पहल थाल्ने बताए ।
“मुलुक सङ्घीय संरचनामा गइसकेको छ, शैक्षिक परामर्श दातृ संस्था कुन तहअन्तर्गत रहने भन्ने स्पष्ट नीति आइसकेको छैन”, उनले भने, “जसले यस क्षेत्रमा अन्योलता सिर्जना गरेको छ, शैक्षिक परामर्श क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउँदै समग्र क्षेत्रको विकासमा लाग्नुको विकल्प छैन ।”
पाण्डेले शिक्षानीति व्यावसायीकताका लागि मात्रै नभई विद्यार्थी र अभिभावकका पक्षमा समेत बनाउनुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा समग्र शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउँदै स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाइ नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने बताए । उनले इक्यानका सदस्य संस्थालाई विभिन्न प्रकारका तालीम दिनुका साथै क्षमता विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवगठित समितिको उपाध्यक्षमा देवीदास भट्टराई, द्वितीय उपाध्यक्षमा शेषराज भट्टराई, तृतीय उपाध्यक्षमा कृष्णहरि केसी, महासचिवमा दीपकराज भुसाल चयन भएका छन् । यस्तै प्रथम सचिवमा वासुदेव दाहाल, सचिवमा बिके श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्ण गुरुङ सर्वसम्मत चयन भएका छन् ।
कार्यसमितिको पहिलो बैठकले साधारणसभाले पारित गरेका सुझावसहित सर्वसम्मतिबाट आएका वार्षिक तथा आर्थिक कार्ययोजनालाई पूर्णरूपमा कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार