आज नेप्सेमा आएको बृद्धि किन छ बलियो ? बजारले कतिको प्रतिरोध तोड्नु बाँकी ?
आर्थिक संवाददाता
माघ १, २०७६ बुधबार २३:१८:४५
१ माघ ,काठमाडाैं । तेश्रो त्रैमासको पहिलो दिन बजारलाई मुख्य ड्राईभ गर्ने वाणिज्य बैंकहरुको उपसुचकमा २ दशमलव ४३ प्रतिशतको वृद्धि भएसंगै आज नेप्से परिसूचकमा २० दशमलव ८५ अंकको वृद्धि देखिएको छ ।
बजार परिसूचक नेप्से आज १ दशमवल ६५ प्रतिशतले वृद्धि भएको छ । बजार १२८४ दशमवल २३ को विन्दुमा बन्द भएको छ । कारोवार रकम ९० करोड ४८ लाख पुगेको छ । आज १७७ कम्पनीका ३० लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिफल र बजार मुल्यको आधरमा अण्डर भ्यालुड देखिएको वाणिज्य बैंकमा आज उछाल आएको कारणले गर्दा आजको बजारको वृद्धिलाई सकारात्मक र बलियो रुपमा लिइएको छ ।
आज होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसुचकमा मात्र गिरावट देखिएको छ । आज ट्रेडिङ्ग कम्पनीको उपसुचकमा सर्वाधिक ८ दशमलव १८ प्रतिशतको वृद्धि देखिएको छ ।
आज बजारको उच्च विन्दु १२८७ दशमलव २० रहेको छ । आज बजारले २ बजेर ४२ मिनेटमा उच्च विन्दु समातेको थियो । आज बजारको न्यून विन्दु र खुला विन्दु समान १२६३ दशमलव ३३ रहेको छ । यो प्रकारको प्रवृत्तिलाई राम्रो मानिन्छ । आज बजार खुलेबाट नै घट्न मानेको थिएन ।
आज एनआईसी एसिया बैंकको शेयर सर्वाधिक ७ करोड ४० लाख बराबरको शेयर खरिदबिक्री भएको छ । सर्वाधिक कमाउनेको माथिल्लो सूचीमा विशाल बजार कम्पनी रहेको छ । विशाल बजार कम्पनीको बजार मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै रैराङ्ग हाईड्रोपावरको बजार मूल्य सर्वाधिक ७ दशमवल २७ प्रतिशतले घटेको छ ।
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १२८५ पहिलो टेवा : १२५०
- हाल नेप्से गत ७ सातादेखि बढ्दो प्रवृत्तिमा रहेको छ र बजार पुन प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
- आज नेप्सेले “बुलिस मारुबोजु” मैनबत्तीको चित्र बनाएको छ । यसले आज बजारमा क्रेताको चाप रहेको जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ८२ दशमलब ४६ को बिन्दुमा छ । आरएसआईले बजारमा बढी खरिद भएको जनाएको छ ।
- “एडिएक्स” तथा जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले क्रेताको चाप रहेको जानकारी गराएको छ ।
- नेप्सेको प्रवृत्तिलाई “अन ब्यालेन्स भल्यूम” ले समर्थन गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १२८८ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२६० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार