अमेरिका चीनबीच व्यापार युद्ध समाप्त गर्न सम्झौता
नेपालबहस संवाददाता
माघ २, २०७६ बिहिबार १५:१०:३८
२ माघ एजेन्सी। अमेरिका र चीनबीच जारी व्यापार युद्धलाई समाप्त गर्ने विषयमा पहिलो चरणमा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
चिनियाँ राष्ट्रपतिको प्रतिनिधिका रूपमा उप-प्रधानमन्त्री लिउ हेले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा पहिलो वर्षमा चीनले यसअघि खरिद गरेभन्दा दोब्बर अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको छ ।
८६ पृष्ठ लामो सम्झौताले १८ महिनायताको व्यापारयुद्ध र दुई देशको सहमतिपछि अन्तिम रुप पाएको अमेरिकी मिडियाले जनाएका छन् । व्यापारयुद्धले अमेरिका र चीन दुवैले घाटा लागेको थियो । राष्ट्रपतीय चुनाव आउनैलाग्दा ट्रम्पले व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार चीनले यही वर्षमात्रै १२ अर्ब ५० करोड डलरको थप कृषि उत्पादन खरिद गर्ने सीएनएनले जनाएको छ । त्यसलगत्तै दुई वर्षभित्र १९ अर्ब ५० करोड डलरको सामग्री खरिद गर्नेछ ।
यसपछि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन् । सम्झौताअनुसार चीनले खरिद गर्ने सामग्री सन् २०१७ मा भन्दा २४ अर्ब डलरले बढ्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार