भ्रमण वर्षभरी कविलास रिसोर्ट एण्ड फनपार्कमा आकर्षक छुटको व्यवस्था
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
माघ २, २०७६ बिहिबार २०:५५:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/kabilas-resort-funpark_zoNeD5ihJw.jpg)
२ माघ, काठमाडौ । सरकारले हालै भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ गरेको छ । यस सन्दर्भमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.ले आकर्षक सुविधा र छुटसहित सेवा आरम्भ गरेको छ ।
राजधानीस्थित सञ्चार केन्द्र नेपालको हलमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.ले पत्रकार सम्मेलनमार्फत भ्रमण वर्षलाई लक्षित गरी आफूले प्रदान गर्ने सेवा सुविधाहरुका बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.का अध्यक्ष बाबुराम उपाध्यायले भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी आकर्षक छुट र सुविधाको व्यवस्थासहित कबिलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि. स्थापना गरिएको बताए । ‘भ्रमण वर्ष २०२० भर यस रिसोर्टले रिसोर्टमा आई रात बिताउने ग्राहकहरुको लागि विहानको ब्रेकफाष्ट र स्विमिङ्ग निशुल्क गरिएको र फनपार्कका सबैको खेलमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ’– अध्यक्ष उपाध्यायले भने ।
अन्य उत्पादन र सम्भावना खासै नभएको तर प्राकृतिक सुरन्दता भएकाले आफूहरुले त्यस ठाउँमा सो रिसोर्ट सञ्चालनमा ल्याएको उनको भनाई छ । सो रिसोर्टमा २०० जनासम्म बस्ने लजिङ्गको सुविधा भएको, पारिवारिक रुपमा बस्न मिल्ने, आफैँले पकाएको खान मिल्ने, ७ वटा पारिवारिक भिल्लाको व्यवस्था, फनपार्क, र वाटरपार्क, स्विमिङ्ग पुलजस्ता आकर्षण सुविधाहरु रहेका जानकारी दिईयो । साथसाथै अर्नानिक फार्म हाउस, खेतीपाती, कुखुरा पालन, बाख्रा पालन, हाँस, नर्सरीको समेत व्यवस्था भएको अध्यक्ष उपाध्यायले जानकारी गराएका छन् ।
७५ जनाको समूहमा सञ्चालन भएको यो रिसार्ट एण्ड फनपार्क २५ विघा क्षेत्रफलमा बनेको जानकारी गराउँदै अध्यक्ष उपाध्यायले चितवनका प्रसिद्ध शहरहरु टाँडी, पर्सा, भरतपुरलगायत भारतका केही ठाउँहरुको समेत अवलोकन गर्न सकिने हुँदा आफूले त्यस ठाउँमा रिसोर्टको स्थापना गरेको उनको भनाई छ ।
त्यसैगरी कार्यक्रममा रिसोर्टका सल्लाहकार लक्ष्मीराम पौडेलले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कविलास रिसोर्ट आफूहरुले सञ्चालन ल्याएको बताए । कविलास रिसोर्ट सबैको आकर्षक गन्तव्य भएका कारण सबै त्यहाँ पुग्न आग्रह गर्दै उनले भने– ‘भ्रमण वर्ष निजी र सरकारी सबै क्षेत्रका लागि एउटा महत्वपूर्ण अवसर हो । यो समयमा पर्यटनको आगमनमा बृद्धि गरी आयआर्जनमा समेत बृद्धि गर्दै समृद्ध नेपाल निर्माणमा सहयोग पु¥याउने हुँदा भ्रमण वर्षलाई सफल बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनु पर्छ ।’ पौडेल भन्छन् –‘सबैले आ आफ्नो क्षेत्रबाट भ्रमण वर्षलाई सहयोग गर्नुपर्छ सोही कारण कविलास रिसोर्ट एण्ड फनपार्कले पनि यस अवधिमा विशेष छुटको व्यवस्था गरेको छ ।’
कार्यक्रममा कविलास रिसोर्ट एण्ड फनपार्कका व्यवस्थापक सन्देश पौडेलले कविलासद्वारा जारी प्रेस विज्ञप्ति वाचन गर्दै रिर्सोटले प्रदान गर्ने सेवा सुविधा र छुटका विषयमा प्रष्ट पारेका थिए ।
त्यसैगरी कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले भ्रमण वर्ष मनाइरहँदा कविलास रिसोर्टले भारी छुट दिएर आकर्षक सुविधाहरु प्रदान गर्दा राज्यको अभियान सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार