चिसो मौसममा तात्यो शेयर बजार, १३०० को प्रतिरोध तोडि्दाँ वाणिज्य बैंकको साथ कायमै
आर्थिक संवाददाता
माघ २, २०७६ बिहिबार २२:११:२४
२ माघ,काठमाडाैं । आज राजधानीको मौसम चिसो भएपनि साताको अन्तिम कारोवार दिन दोश्रो बजार भने तातेको छ । नेप्से परिसूचक २६ अंकले वृद्धि हुँदै दोश्रो बजार १३१० दशमलव २३ को विन्दुमा बन्द भएको छ ।
२ दशमलव ०२ प्रतिशतले वृद्धि भएको बजारमा १ अर्ब ६९ करोडको कारोवार भएको छ । कारोवार रकममा पनि वृद्धि देखिएको छ । १८१ कम्पनीका ५० लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज बजारले आज १३०० को मनोवैज्ञानिक प्रतिरोधलाई तोड्न सफल भएको छ । १३०० को प्रतिरोध क्षेत्र अब भने टेवा क्षेत्रमा परिणत भएको छ ।
बजार खुले देखिने बुलिस प्रवृत्तिमा थियो । बजारको आजको खुला विन्दु र न्यून विन्दु एकै रहेको छ । आज बजारको खुला विन्दु १२८४ दशमलव २९ रहेको थियो । त्यस्तै बजारले २ बजेर २४ मिनेटमा १३१३ दशमलव ५९ को उच्च विन्दु समातेको थियो ।
बजारलाई मुख्य ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा १ दशमलव ६९ प्रतिशतको वृद्धि देखिएको छ । आज फाईनान्स कम्पनीहरुको उपसुचकमा सर्वाधिक ४ दशमलव १६ प्रतिशतको वृद्धि देखिएको छ । आज अन्य उपसुचक बाहेक सबै उपसुचकमा वृद्धि देखिएको छ ।
मदिरा उत्पादन गर्ने कम्पनी हिमालयन डिस्टिलरीको सर्वाधिक १४ करोड ४९ लाख बराबरको शेयर खरिदबिक्री भएको छ भने सिमेन्ट उत्पादन गर्ने कम्पनी शिवम सिमेंट्सको १३ करोड ६० लाख बराबारको शेयर खरिद बिक्री भएको छ ।
एनईबीएल प्रगति फन्ड को मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि हुँदा महिला सहयात्रा माईक्रो फाईनान्सको शेयर मूल्य सर्वाधिक २ दशमलव ६८ प्रतिशतले घटेको छ ।
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३२५ पहिलो टेवा : १३००
- हाल नेप्से गत सातादेखि बढ्दो प्रवृत्तिमा रहेको छ र आज बजारले १२८५ को अवरोधलाई तोडेपछि बजार पुन बढ्न थालेको छ ।
- आज पनि नेप्सेले “बुलिस मारुबोजु” मैनबत्तीको चित्र बनाएको छ । यसले आज पनि बजारमा क्रेताको चाप रहेको जानकारी गर्दछ । यसले बजारमा खरिदकर्ताको चाप केहि समय हुनसक्ने जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ८५ दशमलब २३ को बिन्दुमा छ । आरएसआईले बजारमा बढी खरिद भएको जनाएको छ ।
- “एडिएक्स” तथा जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले क्रेताको चाप रहेको जानकारी गराएको छ ।
- नेप्सेको प्रवृत्तिलाई “अन ब्यालेन्स भल्यूम” ले समर्थन गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३२५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३०० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार