चन्द समुहले कब्जा गर्दैमा जग्गा कब्जा नहुने सञ्चारमन्त्री बाँस्कोटाको दावी, रावललाई वालुवाटारले धम्काएको निराधार
नेपालबहस संवाददाता
माघ २, २०७६ बिहिबार २२:५१:१५
२ माघ, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाको हिंसात्मक गतिविधि सहन नसक्ने स्पष्ट पारेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा पार्टीका आतंकवादी क्रियाकलाप सहन नसकिने बताए ।
चन्द समूहले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका मूख्य आरोपी शोभाकान्त ढकालको घरमा बुधबार बम विस्फोट गराएको थियो । लगत्तै प्रधानन्यायाधिश निवासको पछाडि रहेको ललिता निवासको जग्गामा पनि बम राखी सो जग्गा कब्जा गरेको घोषणा गर्दै पर्चा छरेको थियो ।
उक्त विस्फोट तथा कब्जाको प्रतिक्रियामा बाँस्कोटाले आतंकवादी र हिंसात्मक गतिविधि सहन नसकिने बताएका हुन् ।उनले चन्द समूहले जग्गा कब्जा गर्दैमा कब्जा नहुने भन्दै नेपाल सरकारको जग्गा व्यक्तिलाई दिन नसकिने उल्लेख गरे । बाँस्कोटाले चन्द समूहलाई राजनीतिक प्रक्रियामा आउन यसअघि नै आग्रह गरेको स्पष्ट पारे ।
त्यस्तै उनले नेकपा नेता भीम रावललाई बालुवाटारबाट धम्की आएको कुरा निराधार भएको बताए । विचारमाथि सहमति, असहमति राख्दैमा कसैको ज्यानै लिने धम्की दिन नमिल्नै बताउँदै बालुवाटारबाट धम्की आएको भन्ने कुरा पत्याउन नसकिने बताए ।
पुष २८ गते बसेको मन्त्रीपरिषद् बैठकले विदेशस्थित नेपाली दूतावास र नियोगमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए । यस्तै, बैठकले नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी संघीय संसद्मा जानकारीका लागि पेश गर्ने निर्णय गरेको छ ।
यस्तै, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा पुनः निर्वाचनका लागि ३० लाख रुपैयाँ र सीईडीएडब्लू समिति सदस्य पदमा निर्वाचनका लागि १० लाख रुपैयाँ राष्ट्र संघको नेपाल स्थायी नियोग न्यूयोर्कलाई उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए ।
बैठकले करिब २ लाख केजी रक्तचन्दन काठ आफ्नै खर्चमा फिर्ता लैजान भारतलाई स्वीकृति प्रदान गरेको छ । साईटिस सन्धीको आर्टिकल भीआईआई (१) बी र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा २ र ३ बमोजिम रक्तचन्दन फिर्ता लैजान भारतलाई स्वीकृति दिइएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार