नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई सघाउनु पर्ने स्याङ्जा प्रहरी प्रमुख जीसीको धारणा
नेपालबहस संवाददाता
माघ २, २०७६ शुक्रबार १:३९:२७
२ माघ, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले जनताको अपेक्षा अनुसार प्रहरीले काम गर्ने बताएका छन् । भर्खर मात्रै सरुवा भएर स्याङ्जा आएका प्रहरी प्रमुख जीसीले स्याङ्जाका पत्रकारहरुको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध रहेमा मात्र शान्तिसुरक्षा र अपराधिक गतिविधिमा न्युनीकरण हुने बताएका हुन् ।
लागुऔषध ओसारपसार र सेवन, जवरजस्ती करणी, आत्महत्या, बहुविवाह, जवरजस्ती चोरी, सम्वन्ध विच्छेद लगायतका घट्नाक्रम केही बढि देखिएको आफुले पाएको प्रहरी प्रमुख जीसीले बताए । यस्ता घट्नाहरुको न्युनिकरणमा समाज नै सचेत हुनु आवश्यक छ, प्रहरी प्रमुख जीसीले भने,“यसका लागि छुट्टै प्याकेज बनाएर अगाडी बढ्ने योजनामा छौं ।” नागरिकले पनि यस्ता घट्नालाई न्युनिकरणका लागि प्रहरीलाई सघाउनु आवश्यक छ, उनले भने । शान्ति सुरक्षालाई मजबुत बनाउन नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई सघाउ हुने खालको काम भयो भने मात्रै सवल समाज बन्ने धारण प्रहरी प्रमुख जीसीको छ ।
स्याङ्जाबासीले प्रहरीसँग लिने अपेक्षा र प्रहरीले स्याङ्जाबासीबाट लिने अपेक्षा एउटै हुन् प्रहरी प्रमुख जीसीले भने,“शान्तिसुरक्षा भनेको एकल दायित्व हुदैन, खराब नियतमा लागेका व्यक्तिलाई समाजले लुकाउन हुदैन ।” अपराधिक क्रियाकलापमा लागेको व्याक्तिको पहिचान सबैभन्दा पहिला समाजलाई थाहा हुने हुदाँ दुवै पक्ष मिलेर न्युनिकरण गर्नुपर्ने उनको धारणा छ ।
प्रविधिको विकाससगै शान्तिसुरक्षामा केही सुधारात्मक काम देखिदै आएका छन् अझै साधनश्रोतको अभावका कारण ग्रामिण क्षेत्रमा शान्तिसुरक्षाको अबस्थालाई प्रहरीले सोचे जस्तो नभएको प्रहरी प्रमुख जिसीको भनाई छ । नागरिकसँग घुलमिल र अपराधिक क्रियाकलाप थाहा पाउन सजिलो होस भन्ने उदेश्यले प्रहरीले विभिन्न कार्ययोजना अगाडी बढाउदै आएको उनले बताए । पछिल्लो समय अगाडी सारिएको प्रहरी साझेदारी कार्यक्रम पनि सफल भएको दावी जिसीको छ ।
मुलुक संघियतामा गएसँगै शान्तिसुरक्षाका पाटाहरु पनि केन्द्रिकृत भन्दा पनि बिकेन्द्रिकृत हुदै आएको बताउदै प्रहरी उपरीक्षक जिसीले यसलाई अझै बलियो बनाउन नागरिकले प्रहरीलाई नजिकबाट साथ दिन आग्रह गरे । वडा प्रहरी कार्यालय वालिङमा भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्लाको ट्राफिक समस्या बारेमा पनि पत्रकारहरुले जिज्ञासा राखेका थिए । ट्राफिक व्यवस्थापन र समस्यालाई सबै मिलेर हल गर्नुपर्ने उनको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आउने प्रहरी प्रमुखले पत्रकार भेटघाट सदरमुकाममै हुने गरेपनि भर्खर सरुवा भएर आएका प्रहरी उपरीक्षक जिसीले वालिङमा पत्रकार भेटघाट राखेर नयाँ कामको थालनी गरेका छन् । यो थालनीले जिल्लाको शान्तिसुरक्षा अमनचयनमा स्याङ्जाबासीले अपेक्षा गरे अनुसार हुनेमा विश्वस्त छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार