कांग्रेस विवाद मिलाउँदै
कुसुम सेञ्चुरी
माघ ३, २०७६ शुक्रबार १८:४८:२३
३ माघ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पन्पिएको घाउ विस्तारै खाटा बस्ने तहमा प्रवेश गरेको छ । गत पुस ११ गते सभापति शेरबहादुर देउवाले वहुमतका आधारमा लिएका विवादास्पद निर्णय सच्याउन तयार भएको सूचना पाएपछि कांग्रेसले नयाँ बाटो लिने आधार खडा भएको छ ।
गत मंगलबार र बुधबार पार्टी कार्यालय सानेपामा पार्टीका दोस्रो तहका नेताहरुले छलफल गर्दा यस्तो सहमति जुटेपछि समस्याको हल खोज्ने वातावरण बनेको हो । छलफलमा संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि, रामचन्द्र पौडेल पक्षबाट पूर्व महामन्त्री प्रकाशमान सिंह र तेस्रो धारबाट कृष्णप्रसाद सिटौला स्वयं सहभागी थिए ।
पुस ११ को निर्णयपछि वरिष्ठ नेता पौडेल र तेस्रो धारका नेता भनिएका पूर्व महामन्त्री सिटौलाले देशभरिका जिल्ला सभापतिहरुलाई परामर्श भेलाका लागि डाकेका थिए । तीन दिनसम्म सञ्चालित उक्त परामर्श भेलामा ४७ जिल्लाका सभापति भेला भएका थिए । भेलाले बहुमतका आधारमा लिइएको निर्णय अमान्य भन्दै पुस ११ गतेको निर्णयको विरोध गरेपछि संस्थापन पक्षमा चर्काे दवाव परेको थियो ।
त्यसपछि विकसित घटनाक्रममा संस्थापन पक्ष लचिलो बनेको थियो । जिल्ला सभापतिहरुसँगको भेटमा सभापति देउवाले आफू लचिलो बन्न तयार रहेको संदेश दिएका थिए । लगत्तै देउवाले वरिष्ठ नेता पौडेल र तेस्रो धारका सिटौलासँग आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए ।
सोही छलफल बमोजिम पार्टी निर्णयमा परिमार्जन गर्न तयार रहेको भन्दै उपसभापति निधि र पूर्व महामन्त्रीद्वय सिंह र सिटौला रहने कार्यदल बनाइएको थियो । छलफलमा सहमति बेगर भएका निर्णय सच्याउन सभापति देउवा तयार भएको संदेश निधिजीले ल्याउनु भएको भन्दै नेता सिटौलाले अब केही दिनमै सबै विवादको समाधान खोजिने विश्वास प्रकट गरेका छन् ।
यसैबीच राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीको रणनीति तयार गर्न उपसभापति निधि प्रदेश नं. २ मा खटिएका छन् । उनी चुनावी परिणाम कांग्रेसको पक्षमा पार्न भन्दै हिजै गुह जिल्ला धनुषा गएका छन् । त्यसैले केही दिनका लागि छलफल रोकिएपनि परिणाम सकारात्मक आउने नेता सिटौलाले बताएका छन् ।
राष्ट्रिय सभाको निर्वाचन यही माघ ९ गतेका लागि तय भएको छ । उता, वरिष्ठ नेता पौडेल पनि हाल उपचारका लागि भारतको दिल्ली जानु भएको छ । त्यसैले विवाद टुंग्याउन पौडेलजी पनि रहनु जरुरी छ भन्दै नेता सिटौलाले भने – अर्काे हप्तासम्म समस्याले निकास पाउने छ ।
यसैबीच कार्यदलका सदस्यसमेत रहेका पूर्व महामन्त्री सिंहले पनि पुस ११ को निर्णयमा रहेका कमी कमजोरी सच्याउन देउवा तयार भएको संदेश पाएको जानकारी दिए ।उनले भने – निधिजीले हामीसँगको पछिल्लो छलफलमा यस्तो संदेश सनाएका थिए । महाधिवेशनको कार्यतालिका र कार्यविधि सच्याउन तयार हुने वित्तिकै समस्याको हल पहिल्याउन समस्या हुँदैन – नेता सिंहले भनेका छन् ।
यस सन्दर्भमा कार्यदलकै अर्का सदस्य एवं पार्टी उपसभापति निधिले पनि छलफल सकारात्मक रहेको बताए । तर कार्यतालिकामा हेरफेर गर्ने भन्ने कुरा चाहिं भएको छैन , बरु कार्यविधिगत रुपमा रहेका समस्याको गाँठो फुकाउन अब केहीले छेक्दैन – निधिले भनेका छन् ।
पुस ११ गतेको केन्द्रीय कार्य समिति बैठकले एकपक्षीय रुपमा महाधिवेशनको कार्यतालिका , कार्यविधि, तरुण दलको म्याद थप र क्रियाशील सदस्यता सम्वन्धी विधानका केही दफा निलम्बन गर्ने निर्णय गरको थियो । त्यसपछि कांग्रेस भित्र ठूलै समस्या र खैलाबैला भएको हो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार