द्वन्द्वका कारण लिबियाबाट एक लाख पचास हजार विस्थापित !
नेपालबहस संवाददाता
माघ ४, २०७६ शनिबार १९:४५:६
४ माघ एजेन्सी । लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय ‘युएनएचसीआर’ ले शुक्रबार दिएको जानकारीअनुसार लिबियाको राजधानी त्रिपोली र आसपासका क्षेत्रमा फैलिएको द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् ।“सन् २०१९ को अप्रिलदेखि भइरहेका द्वन्द्वका घटनाहरुका कारण एक लाख ५० हजारभन्दा बढी स्थानीय बासिन्दाले आफ्नो घर छाडेर हिडेका छन्,” शरणार्थी आयुक्तको कार्यालयले भनेको छ ।
विस्थापित भएर आन्तरिक रुपमा शरणार्थी भएकाहरुलाई आयुक्तको कार्यालयको तर्फबाट सहयोगी सामग्रीहरु उपलब्ध गराइरहेको पनि कार्यालयले जनाएको छ । झण्डै तीन हजार शरणार्थी तथा आप्रवासीहरु मध्य लिबियामा नजरबस्दमा परेको पनि कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्रिपोलीमा सन् २०१९ को अप्रिलदेखि सैन्य अभियान चलाइएको छ । उनीहरुले त्रिपोली सहर आफ्नो नियन्त्रणमा लिएका छन् ।
सन् २०११ मुअम्मर गद्दाफीको शासनलाई पतन भएयता लिबिया असुरक्षा र अराजकता बढ्दै गएको पाइन्छ । लिबिया गैरकानुनी युरोप जान चाहने आप्रवासीे लागि प्रस्थानको माध्यमको रुपमा पनि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार