महाभियोग मुद्दा खतरनाक आक्रमण !
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १४:५२:२४
५ माघ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टोलीले महाभियोग मुद्दा लगाएर अमेरिकी जनतामा खतरनाक आक्रमण भएको टिप्पणी गरेको छ ।
महाभियोगको मुद्दामा पहिलो औपचारिक प्रतिक्रिया दिँदै कानूनी टोलीले ट्रम्पविरुद्धको आरोपलाई अमेरिकी जनतामा ‘खतरनाक आक्रमण’ भएको बताएका हुन् । उनीहरुले ६ पृष्ठको पत्रमा महाभियोग लेखले कुनै अपराधको आरोप लगाउन नसकेको र २०२० को चुनावमा हस्तक्षेप गर्ने ‘निर्लज्ज’ प्रयास भएको बाहेक अन्य विषय नसमेटिएको उल्लेख गरिएको छ ।
डेमोक्य्राट पार्टीले कारवाहीका लागि संक्षिप्त फाइल पेश गरेसँगै ट्रम्पको कानूनी टोलीले दिएको अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ । महाभियोगका विषयमा अर्को हप्ताबाट बयान सुरु हुनेछ । अमेरिकी इतिहासमा महाभियोग परीक्षणको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।
शक्तिको दुरुपयोग र कंग्रेसको अवरोधको आरोप ट्रम्पलाई लागेको छ । यसअघि, विपक्षी डेमोक्य्राटहरूद्वारा नियन्त्रित तल्लो सदनले गत महिना राष्ट्रपतिलाई महाभियोग लगाउने निर्णय गरेको थियो ।
तर, ट्रम्पको रिपब्लिकन पार्टीले नियन्त्रण गरेको माथिल्लो सदन सिनेटले उनलाई दोषी ठहराउने र पदबाट हटाउने निर्णय गर्नुपर्ने भएकाले यो पारित नहुने सम्भावना बढी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार