कोरियामा भन्दा बङ्गुरपालनमै बढी आम्दानी
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १८:५४:३३
कृष्ण दर्नाल / रासस
५ माघ पाल्पा । मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो । पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो । काम्मुले बङ्गुरको पाठापाठीको कारोवारबाट दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल भए ।
वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवा भन्नेहरु एकपटक काम्मु बङ्गुर फार्म पुगी व्यवसायप्रति लाग्न आकर्षित गर्छ । बङ्गुरबाट कोरियामा भन्दा बढी आम्दानी हुन्छभन्दा अनौठो लाग्ला तर अनौठो मान्नु पदैन । दुई वर्षको अवधिमा ४८३ वटा बङ्गुरका पाठापाठी बेच्नुभयो । बङ्गुरका पाठापाठीलाई रु पाँच हजारमा सहज रुपमा कारोवार हुन्छ ।
पाल्पामा ५० प्रतिशतभन्दा बढी मगर समुदायको बस्ती छ । मगर बस्तीमा प्रायः बङ्गुरका पाठापाठी निकासी हुन्छ । अहिले बाहुन–क्षेत्रीका युवाहरु पनि बङ्गुरपालनमा व्यवसायमा आकर्षित छन् । बङ्गुरलाई हुर्काउन सहज हुने र बढी उत्पादन दिने भएपछि बङ्गुरपालनमा पाल्पामा आकर्षण बढ्दो छ । बङ्गरका पाठापाठी कारोवार र मासु सहज रुपमा खपत हुँदै आएको काम्मु बताउछन् ।
बङ्गुरका पाठापाठीको मात्र कारोवार गर्नुहुन्न । मासुका लागि पनि बङ्गुर उत्पादन हुन्छ । दुई वर्षको अवधिमा ४६ हजार ११० किलोग्राम बङ्गुरको मासुको कारोवार गरे । काम्मुले मासुबाट मात्र रु नौ लाख ८३ हजार ४०० आम्दानी गर्न सफल भएका हुन् ।
विसं २०७४ मा यमकला काम्मुद्वारा सञ्चालित बङ्गुर तथा कृषि फार्ममा ७० वटा बङ्गुरका भाले पोथी छन् । एक कोठामा एक बङ्गुर राखिएको छ । बङ्गुरका लागि पानी र दानाका लागि कोठाभित्र व्यवस्थापन गरिएको छ । अहिले ७० बङ्गुरका लागि दुईवटा व्यवस्थित खोर निर्माण छ । दुई खोरको बीचमा एउटा माछापोखरी छ । पोखरीमा माछापालनले झनै आकर्षित बनाएको छ फार्म । माछापालन व्यवसायबाट पनि रु दुई–तीन लाख सहज रुपमा आम्दानी हुन्छ । स्थानीय कुखुरापालन व्यवसायबाट रु एक–दुई लाख हाता पर्छ नै ।
काम्मुले १८ वटा बङ्गुरका पाठापाठी सङ्कलन गरी व्यवसाय शुरुआत गरे । उनको फार्म अहिले ७० वटा बङ्गुरका भालेपोथी छन् जसमध्ये ३० बङ्गुरका पोथीले बच्चा पाउँछन् । स्थानीयस्तरमा प्रतिकिलो रु २४० मा मासु खपत हुन्छ । यहाँ उत्पादित बङ्गुर किन्नका लागि तानसेन, बुटबल, पोखरालगायत स्थानका मानिस घरमा आउँछन् । छ महिनामा बङ्गुर सुत्केरी हुने गर्छ । औसतमा एउटा बङ्गुरका माउले दशवटा बच्चा जन्माउँछ । बङ्गुरका बच्चालाई एक महिनामा आमादेखि छुटाउनुपर्ने सञ्चालक काम्मुको भनाइ छ ।
प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले काम्मुको फार्म पुग्दा निकै हौसिनुभयो । एउटा महिलाले दुईवटा खोरमा बङ्गुरपालन प्रतिको मोह र यस व्यवसायमा देखाएको मिहिनेत सबैले सिक्नुपर्ने बताए। नेपालमा बङ्गुरपालन व्यवसायप्रति युवापुस्ताको आकर्षण हुनुपर्ने उनले बताए । नेपालमा बङ्गुरको मासु ठूलो मात्रा खपत हुँदै आएको र यस व्यवसायको राम्रो सम्भावनासमेत रहेको पौडेलको दाबी छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आव २०७५/७६ सालको कृषि अनुदान कोषको रु १० लाख आर्थिक सहयोग र रु १५ लाख काम्मु लगानीमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय पाल्पाको समन्वयमा स्थापित बङ्गुर फार्म हो । नेपाली बङ्गुरको मासु चीनले आर्यात गर्ने भनेपछि बङ्गुरपालन पेशाप्रति युवाको आकर्षण बढ्दो छ ।
“नेपाली भूमिमा पसिना बगाउन तयार हुँदा स्वदेशमा नै प्रशस्त पैसा कमाउन सकिँदो रहेछ”, काम्मुले भने, “सफलतामा चुम्नका लागि नियमित रुपमा मिहिनेत गर्ने बानी हुनुपर्छ, काम गर्न लजाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । मिहिनेतले काम्मुद्वारा सञ्चालित काम्मु बङ्गुर तथा कृषि फार्म अहिले सबैको आकर्षक केन्द्र बन्दै गएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार