अग्नि सापकोटालाई सशर्त सभामुख बनाउन प्रम ओली सहमत
कुसुम सेञ्चुरी
माघ ५, २०७६ आइतबार १९:३१:५२
५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेलले नयाँ सभामुखका लागि पार्टी नेता अग्निप्रसाद सापकोटा नै उपयुक्त उम्मेदवार रहेको दावी गरेका छन् ।
नेपालबहस डटकमसँगको छोटो कुरामा उनले आज बिहान प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई नै सभामुख बनाउने सहमति भएको दावी उनले गरेका छन् । दुबै नेताबीच यसबारे सहमति भएकाले अब विवाद गर्नुपर्ने कुुनै कारण नरहेको पनि उनले स्पष्ट गरेका छन् । दुबै अध्यक्षबाट सापकोटालाई नै सभामुख बनाउने सहमति भएपछि त्यसलाई औपचारिकता दिन साँझ ४ बजे सचिवालय बैठक बोलाइएको हो – उनले भने ।
एकाएक प्रधानमन्त्री समेत रहेका ओली सापकोटाको नाममा त्यसै लचक देखिएका भने होइनन् । स्रोत भन्छ– आज बिहान मात्रै सभामुखको प्रकरणले नयाँ रुप लिएको हो । ओलीका तर्फबाट प्रस्तावित सुभाषचन्द्र नेम्बाङले बिहान दुबै अध्यक्षसँग भेट गरी आफू विवादमा परेर सभामुख नबन्ने बताएका थिए ।
यद्यपि नेम्बाङले हिजो र अस्ति पनि प्रधानमन्त्री ओलीसँग अब आफूलाई सभामुखका लागि प्रस्ताव नगरिदिन आग्रह गरेका थिए । त्यसपछि ओली पनि सहमत भएका हुन् । स्रोत भन्छ – आज बिहान दुई अध्यक्षबीच सापकोटालाई सभामुख बनाउने तर सरकारलाई पूर्ण सहयोग गर्नुपर्ने शर्त ओलीले राखेका थिए ।
उनले घुमाउरो पारामा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीलाई संसदबाट सहजै अनुमोदन गराउन नयाँ सभामुखले सहयोगी भूमिका खेल्नुपर्ने शर्त राखेका थिए । त्यसमा प्रचण्डले सहमति जनाएपछि सापकोटालाई सभामुख बनाउन ओली तयार भएको बुझाई स्रोतको रहेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपबागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार