पूर्वी नवलपरासीबाट एक सय टन तरुल निर्यात
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १९:३९:१६
मिना कंडेल
५ माघ नवलपुर । पूर्वी नवलपरासी जिल्लाबाट यस बर्ष माघेसक्रान्तीमा एक सय टन भन्दा बढी तरुल निर्यात भएको छ ।नवलपुर जिल्लाबाट मात्रै यस बर्ष माघे संक्रान्तिमा काठमाडौं, पोखरा, नारायणगढ लगायतका क्षेत्रमा एक सय टनभन्दा बढी तरुल खपत भएको छ ।
नवलपुरको अरुणखोला, झ्यालबास, जुकेपानी, कावासोती, दलदले लगायतका क्षेत्रका व्यापारीहरुले एक सय टन भन्दा बढी तरुण नवलपुरबाट बाहिर पठाएको नवलपुरका तरुल व्यापारी लालबहादुर सारुले बताए । यस वर्ष तरुलको मूल्यमा गत बर्ष भन्दा कमी आएको सारुले बताए । अहिले नवलपुरमा स्थानीय बजारमा हात्तीपाइले तरुल ८० रुपैयाँ प्रति किलो, वन तरुल एक सय १ सय ४० रुपैयाँ प्रति किलो, चक्रे तरुल ८० रुपैयाँ प्रति किलो र ठूला तरुल अर्थात मुठे तरुल १ सय रुपैयाँ धार्नी विक्री भएको छ ।
पहिला पहिला नवलपुरमा उत्पादित तरुल काठमाडौं लगेर विक्री गर्नु पर्ने अवस्था रहे पनि गत बर्षबाट व्यापारीहरु कावासोतीमै आएर खरिद गरेर लाने गरेका छन् । यस बर्ष नवलपुरबाट एक करोड २० लाख भन्दा बढीको तरुल काठमाडौं र पोखराका व्यापारीले खरिद गरेर लगेको सारुले बताए । नवलपुरको देउराली, रुचाङ्ग, जौवारी, धौवादी, हुप्सेकोट, डेढडाउँ, बुलिंगटार लगायतका क्षेत्रमा सबैभन्दा बढी तरुल उत्पादन हुने क्षेत्र हो ।
त्यसैगरी नवलपुरको स्थानीय बजार कावासोती, अरुणखोला, दुम्किबास, प्रगतिनगर, गैडाकोट, रजहर, चोरमारा, डण्डा लगायतका बजारहरुमा पनि ४० देखि ५० टनको हाराहारीमा तरुल खपत भएको उनले बताए । नवलपुर क्षेत्रमा भने मोडे तरुल, वन तरुल, सकरखण्ड जस्ता तरुल सबैभन्दा बढी विक्री हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार