सापकोटालाई सभामुख बनाउन पूर्वएमाले र पूर्वमाओवादी एकमत
नेपालबहस संवाददाता
माघ ५, २०७६ सोमबार १:२१:१६
५ माघ, काठमाडौं । रिक्त रहेको प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्यवहारको आरोप लागी राजीनामा दिएपछि विगत चार महिनादेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । नेकपाको आजको निर्णयसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ ।
आज बिहान पार्टी अध्यक्षयद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिका आधारमा सचिवालय बैठकले सापकोटालाई सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
तत्कालीन सभामुख महराले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र लामो छलफल भएको थियो । यही पुस ४ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भइरहेको थियो ।
महासचिव पौडेलले बैठकपछि सचिवालयले एक मतका साथ सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । उनले भने, “उपसभामुखका सन्दर्भमा यसभन्दा अगाडिको बैठकले निर्णय गरिसकेको छ, उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएर सहयोग गर्नुहुने हाम्रो अपेक्षा छ ।”
विसं २०१५ फागुन १४ गते सिन्धुपाल्चोकको कुभिण्डेमा जन्मिएका सापकोटाले १५ वर्ष अध्यापन गराएका थिए । नेता सापकोटा विसं २०३५ मा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । हाल नेकपा स्थायी कमिटी सदस्य रहेका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
वि.सं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।
विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरूपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनले विसं २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए ।
उनले विसं २०५८ मा तत्कालीन नेकपा(मोआवादी)को तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे ।
विगत तीन महिनादेखि खालि रहेको सभामुख पदका लागि पूर्वएमाले र पूर्वमाओवादी भित्र ठूलै झगडा र किचलो हुँदै आएको थियो । पूर्वएमालेले कसै गरी पनि सभामुख पूर्वएमालेबाट नै हुनुपर्ने ताकेता प्रधानमन्त्री समेत रहेका पर्टी अध्यक्ष ओलीसँग गर्न थालेपछि पूर्वमाओवादीले पनि प्रचण्डलाई पूर्वमाओवादीबाट नै सभामुख बनाउन दवाब दिएका थिए । सभामुखका विषयमा अनेक अड्कल बाजीलाई चिर्दै आज सापकोटालाई सभामुखको उमेद्दार बनाउन पूर्वएमाले र पूर्वमाओवादी एक भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका संकेत देखिएका छन् : अध्यक्ष ढकाल
असोज ४, २०८१ शुक्रबार
वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार