वैदेशिक रोजगारबाट फर्केका युवाहरुको अगुवाइमा चिस्यान केन्द्र निर्माण हुँदै
नेपालबहस संवाददाता
माघ ५, २०७६ सोमबार २:२४:४८
♦ भूपराज बस्याल
५ माघ नवलपरासी। वैदेशिक रोजगारबाट फर्केका करिब आठ हजार युवाहरुको अगुवाइमा नवलपरासीमा तीन हजार म्याक्ट्रीक टनको चिस्यान केन्द्र संचालनमा आउने भएको छ । नवलपरासीको कावासोती १४ अघेउलीमा संचालन हुन लागेको चिस्यान केन्द्रको शनिवार शिलान्यास गरिएको छ ।
वैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रिटर्नी माइग्रेट नेपाल अन्तर्गत रिटर्नी पशुपालन तथा कृषि समुह,नवलपुरको अगुवाइमा चिस्यान केन्द्र संचालनमा आउन लागेको हो । दुई बर्ष भित्र निर्माण सक्नेगरि काम सुरु गरिएको परियोजना १८ कट्ठा जमिनमा २१ करोडको लागतमा निर्माण हुन लागेको हो ।
संघीय सरकारको ५० प्रतिशत र गण्डकी प्रदेश सरकारको २० प्रतिशत अनुदान लगानीमा निर्माण हुन लागेको केन्द्रमा ३० प्रतिशत वैदेशिक रोजगारबाट फर्केकाहरुको लगानी रहने रिटर्नी पशुपालन तथा कृषि समुह,नवलपुरका अध्यक्ष नेत्र थनेतले बताए ।
जर्मनी प्रविधिमा संचालन हुन लागेको केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा संघीय सांसद तिलक महतले युवाहरुलाई विदेश पलायन हुन नदिनको लागि सरकारले ल्याएको विभिन्न योजना अन्तर आज यो कार्यक्रम गर्न सफल भएको बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले अडियोबाट शुभकामना सन्देश पठाएका थिए ।
कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका अध्यक्ष उतम अधिकारी, काठमाडौ महानगरपालिकाका कृषि विभाग प्रमुख हरि बहादुर भण्डारी, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निर्माण हुन लागेको केन्द्रमा २५ सय म्याट्रीक टनमा फलफूल तथा तरकारी र आलु स्टोर गर्न सकिने र ५ सय म्याट्रीक टन मासुजन्य बस्तु स्टोर गर्न सकिने विस्तृत योजना अध्ययनको जिम्मा पाएको कम्पनी अरेइकोन आर्किटेक्स तथा इन्जिनियर प्रालिका संचालक आर्किटक्ट इन्जिनियर गोपालबहादुर कुवँरले जानकारी दिए ।
निर्माण हुन लागेको केन्द्र यस्तो रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार