सुदूरपश्चिमको देउडामा अब्बल रेखा !

नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार १५:२७:३३

शेरबहादुर सिंह /रासस
६ माघ भीमदत्तनगर । ‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बनेकी छिन् । पछिल्लो समय उनीले आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल भएकी छिन् ।
पाँच वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उनी प्रवेश गरेकी थिइन । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उनका कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधि मनपराउँछन् । उनी यहाँका देउडा पारखीको मनमनमा पस्न सफल भएकी छिन । उनले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसकेकी छिन् ।
उनले विसं २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलोपटक स्वर दिएका छिन् । यसपछि देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन । “तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा मलाई परिचित गरायो ।” उनले भनिन, “मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले हेरे ।”
उनी काठमाडौंको शङ्करदेव क्याम्पसमा स्नाकोत्तर तहको अध्ययन गायिका जोशी यतिबेला सुदूर र कर्णाली प्रदेशका भइरहेका मेला महोत्सवको कार्यक्रममा व्यस्त रहेकी छिन् । “देउडाले पनि सुदूरपश्चिमलाई मुलुकभर चिनाएको छ ।” उनले भनिन, “विदेशमा पनि नेपाली देउडा भन्नासाथ हुरुक्कै हुन्छन् ।” प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वद्र्धनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू यहाँका पर्यटकीयस्थलको समेत साङ्गीतिक यात्रामार्फत प्रचारप्रसारमा जुटिरहेको उनले बताइन्।
“भारतको दिल्ली, बैंग्लोर, मुम्बैदेखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेको छ ।” उनले भनिन, “गायनबाट अध्ययनलाई प्रभावित हुन दिएको छैन ।” हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्यसमेत रहनुभएकी गायिका जोशीले आफू स्कूले समयदेखि नै गायनमा बुबाआमासँगै लागेको बताइन ।
“बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो ।” उनले भनिन, “दुवै दाजुहरुले पनि गायनका क्रममा स्टुडियो पु¥याउनसम्म ठूलो सहयोग गरे ।” करिब तीन वर्ष यहाँको स्थानीय रेडियोमा कामसमेत गरेको जोशीलाई विगत केही वर्षयता यहाँका हरेक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिँदै आइएको छ । “बैंकिङ क्षेत्रमा जाने ठूलो चाहना थियो ।” उनले भनिन, “देउडा यहाँको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ ।”
पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको बताए । “युवापुस्ता पनि देउडामा नयाँपन ल्याउँदा झम्मिरहेको देख्छु ।” उनले भनिन, “गायनबाटै सम्मान र दामसमेत पाएकै छु ।” पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय बनेका देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ ले गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिन्छन । “देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन ।” उनले भनिन, “उनलाई यहाँका अग्रजको पनि साथ र सहयोग छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
फागुन ८, २०८१ बिहिबार
‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक
फागुन ८, २०८१ बिहिबार
मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना
फागुन ८, २०८१ बिहिबार
बिहीबार सामान्य अंकले बढ्यो बजार, कारोबार रकम भने घटेर ८ अर्ब ६२ करोडमा झर्यो
फागुन ८, २०८१ बिहिबार
‘माओवादी संविधान संशोधनको पक्षमा छ’
फागुन ८, २०८१ बिहिबार
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
फागुन ८, २०८१ बिहिबार
‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक
फागुन ८, २०८१ बिहिबार
मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना
फागुन ८, २०८१ बिहिबार
बिहीबार सामान्य अंकले बढ्यो बजार, कारोबार रकम भने घटेर ८ अर्ब ६२ करोडमा झर्यो
फागुन ८, २०८१ बिहिबार
‘माओवादी संविधान संशोधनको पक्षमा छ’
फागुन ८, २०८१ बिहिबार
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
फागुन ८, २०८१ बिहिबार
‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक
फागुन ८, २०८१ बिहिबार
मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना
फागुन ८, २०८१ बिहिबार
बिहीबार सामान्य अंकले बढ्यो बजार, कारोबार रकम भने घटेर ८ अर्ब ६२ करोडमा झर्यो
फागुन ८, २०८१ बिहिबार