इन्डोनेसियामा पुल भत्किँदा सातको मृत्यु
नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार १९:४३:५
६ माघ एजेन्सी । इन्डोनेरियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ । कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थिहरु पुल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो ।
मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको सतह सामान्य भन्दा माथि रहेको जनाइएको छ । पुल भत्किएपछि सात जनाको पानीमा डुबेर मृत्यु भएको र तीनजना अझै हराइरहेका प्रकोप व्यवस्थापन निकायका प्रमुख उजांग स्याफिरीले सोमबार एएफपीलाई बताए ।
नदीमा खसेका केही विद्यार्थीलाई सकुशल उद्धार गरिनुको साथै खोजी र उद्धार टोलीले हराएका विद्यार्थीको खोजीकार्य जारी राखेका छन् । इन्डोनेसियाको राजधानी जकार्तामा यसै महिनामा भारी वर्षापछि आएको बाढी पहिरोको कारण करिब ६७ व्यक्तिको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार