बजारमा आज आएको गिरावट “करेक्सन” मात्र की अत्याधिक बिक्री चाप ?
आर्थिक संवाददाता
माघ ६, २०७६ मंगलबार ०:४०:१०
माघ ६, काठमाडौं : लगातार तीन दिनदेखि आक्रामक रुपमा वृद्धि भएको बजारमा आज भने गिरावट देखिएको छ । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचकमा २६ दशमवल ५४ अंकको गिरावट देखिएको छ । दोश्रो बजारमा १ दशमलव ९८ प्रतिशतको गिरावट आएको छ । आज १ अर्ब ९७ करोडको शेयर खरिद बिक्री भएको छ । आक्रामक रुपमा वृद्धि भएको बजारमा करेक्सन आउनु स्वाभाविक भएको तर कारोवार रकम २ अर्ब नजिक हुनुलाई त्यति सकारात्मक मानिदैन । करेक्सन हुँदा बजारमा कारोवार रकम घट्नुलाई सकारात्मक मानिन्छ ।
आज सबै उपसुचकमा गिरावट देखिएको छ। आज ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक ६ दशमवल ३४ प्रतिशतको गिरावट देखिएको छ भने बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा पनि १ दशमवल ३४ प्रतिशतको गिरावट देखिएको छ । कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।
कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए । आज बजारमा बियारिस प्रवित्ति देखिएको थियो । आज बजारले १३५९ दशमवल ३२ को उच्च विन्दु ११ बजेर १४ मिनेट जाँदा समातेको थियो । त्यस्तै बजार बन्द हुने बेला अर्थात २ बजेर ४३ मिनेटमा बजारले न्यून विन्दु समातेको थियो । आज बजारको न्यून विन्दु १३०८ दशमलव ६३ थियो । आज बजारले अन्तिम १५ मिनेटमा भने खरिदकर्ता आएको अनुभुती हुन्थ्यो ।
नप्सेका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । आज हिमालयन डिष्ट्रिलरीको सर्वाधिक २० करोड ९२ लाखको शेयर किनबेच भएको छ। आज मल्टिपर्पोज फाईनान्सको शेयर मूल्य सर्वाधिक ९ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ भने पाँचथर पावर कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
एनसिसी बैंक रु १३ करोड ३२ लाख १६ हजार ८१७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ३० लाख दुई हजार ११७, प्रभु बैंक रु ६ करोड ७१ लाख ३८ हजार ३५२, एनआइसी एशिया बैंक रु पाँच करोड ९८ लाख ४८ हजार ९०२, शिवम् सिमेन्ट रु पाँच करोड ८० लाख ३० हजार ९५५ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी रु पाँच करोड ४४ लाख ९५ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।
ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए । पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३६० पहिलो टेवा : १३००
- आज बजारमा निकै उतारचढाब रहेको थियो र बजार बन्द हँदा नेप्से परिसूचकमा २६ दशमलब ५४ अंकको गिरावट रहेको थियो ।
- आज पनि नेप्सेले “वियरिस” मैनबत्तीको चित्र बनाएको छ। यसले आज बजारमा विक्रेताको चाप रहेको जानकारी गरेको छ । हाल गत २ महिनादेखि बढ्दो प्रवृत्तिमा रहेको बजारमा केहि गिरावट आउन सामान्य मानिन्छ ।
- दैनिकी अवधिमा “आरएसआई” ७६ दशमलब १३ को बिन्दुमा छ। आरएसआईको प्रवृत्ति हालसम्म बढी खरिद भएको क्षेत्रमा रहेको छ ।
- “एडिएक्स” ले बजारमा हालसम्म क्रेताको चाप रहेको जानकारी गराएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आपूर्ती केहि बढी रहेको जानकारी गराएको छ ।
- नेप्सेको प्रवृत्तिलाई “अन ब्यालेन्स भल्यूम” ले हालसम्म समर्थन गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३६० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३०० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार