निर्माण व्यवसायीहरुको उपकरण जलाइएकोमा महासंघको कडा आपत्ति, दोषीलाई कार्वाहीको माग
नेपालबहस संवाददाता
माघ ६, २०७६ मंगलबार २:१:३२
६ माघ, काठमाडौं । देशका विभिन्न ठाउँमा निर्माण व्यवसायीहरुको उपकरण जलाइएकोमा नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाउँदै घटनाको भत्सर्ना गरेको छ । अज्ञात समुहले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका अन्र्तगत आइतबारेमा तीन वटा एस्क्साभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैया भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ ।
किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको महासंघद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि अज्ञात समुहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको महासंघले जनाएको छ । आगलागीका कारण बा ३ क ३४४ नम्बरको पूर्ण नष्ट भएको छ भने बा २ क ९४४५ नम्बरको ब्याकहोइ लोडरमा पनि आंशिक क्षति पुगेको छ महासंघको विज्ञप्तिमा जनाइएको छ ।
आगजनीका यी घटनाको आवश्यक छानविन गर्दै दोषीलाई पत्ता लगाई कडा भन्दा कडा कारवाही गरी आगजनीबाट सम्बन्धीत निर्माण कम्पनीलाई भएको नोक्सानीको नेपाल सरकारबाट उचित क्षतिपूतिको व्यवस्था मिलाइदिन महासंघले अनुरोध गरेको छ । यस्ता घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अवका दिनहरुमा यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि समेत नेपाल सरकारसँग महासंघले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार